एमसिसी सम्झौता बिरुद्ध बुटवलमा मंगलबार पनि प्रर्दशन

 

असार १६, बुटवल । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताका बिरुद्धमा बुटवलमा मंगलबार पनि प्रर्दशन भएको छ ।

एमसिसी बिरुद्ध नागरिक अभियानले लगातार जासो आन्दोलन गर्दै आएको छ । साेही क्रममा अभियानले मंगलवार पनि पुष्पलालपार्कमा विरोध प्रर्दशन गर्यो ।

यसअघि प्रर्दशन मात्र गरेको अभियानले मंगलवार भने विरोध सभा समेत गरेको थियो । विरोध सभालाई सम्बोधन गर्दै नागरिक अभियानका संयोजक पदम कार्कीले बैदेशिक हस्तक्षेप निम्त्याउने र राष्ट्रिय स्वाधीनता धरापमा पार्ने एमसिसी सम्झौता खारेज हुनुपर्नेमा जोड दिए । उनले यो संझौता पूर्ण रुपमा खारेज नभए सम्म आन्दोलन जारी राख्ने समेत उद्घोष गरे । “निरन्तरको नागरिक खबरदारी र केही देशभक्त नेताहरुका कारण अहिलेलाई यो संझौता अनुमोदन रोकीएको छ,” उनले भने -“मिति सारेर भए पनि अनुमोदन गर्नसक्ने हुँदा निरन्तर दबाब आवश्यक छ । ”

त्यस्तै सभालाई सम्वोधन गर्दै अभियानका अभियान्ता बिनोद खनालले अमेरिकी सुरक्षा चासो सहितको एमसिसीले नेपाललाई युद्धभुमि बनाएर चिन घेर्ने रणनिति अनुरुप आएको दावी गरे । उनले एमसीसीले नेपालको राष्ट्रिय सुरक्षामा समेत खलल पुर्याउने बताए।

सभालाई सम्वोधन गर्दै अभियान्ता दीपक पौडेलले एमसीसी नयाँ प्रकारको औपनिबेसिक कदम भएकोले यसलाई खारेज गर्नुको विकल्प नरहेको बताए । उनले सम्पुर्ण देशभक्त नागरिकहरु एकजुट हुनुको पर्नेमा समेत जोड दिए ।

कार्यक्रममा कवी रीता रिदम्बरीले देशभक्तिपुर्ण कविता प्रस्तुत गरेकी थिइन् ।

अभियानले अर्को चरणको कार्यक्रमहरु समेत गर्ने जनाएको छ । अन्तरकृया तथा सडक प्रर्दर्शनलाई निरन्तरता दिने बताइएको छ ।

You might also like

Leave A Reply

Your email address will not be published.