कप्तान रामोसको दुई गोलमा स्पेनको सानदार जित

एजेन्सी – कप्तान सर्जियो रामोसको दुई गोल सहयोगमा स्पेनले युईएफए नेसन्स लिगमा सानदार जित हात पारेको छ । स्पेनले नेसन्स लिगको दोस्रो खेलमा युक्रेनमाथि ४–० को सानदार जित निकालेको हो ।

स्पेनको जितमा कप्तान रामोसले दुई गोल गर्दा युवा स्टार अन्सु फाती र फेरान टोरेसले गोल गरे । पहिलो हाफमा ३ तथा दोस्रो हाफमा १ गोल सम्भव भएको थियो ।

घरेलु मैदान स्टेडियो अल्फ्रेडो डि स्टेफानोमा आइतबार राति भएको एकपक्षीय खेलमा स्पेनले खेलो तेस्रो मिनेटमा नै कप्तान रामोसो गोलबाट अग्रता बनाएको थियो । अन्सु फातीमाथि सर्गी क्रिभस्टभले पेनाल्टी बक्समा फल गरेपछि प्राप्त पेनाल्टीमा रामोस चुकेनन् ।

२९औं मिनेटमा कप्तान रामोसले ड्यानिल ओल्मोको कर्नरमा हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई २–० ले अघि बढाए । त्यसको तीन मिनेटपछि नै १७ वर्षीय युवा स्टार फरवार्ड अन्सु फातिले गोल गर्दै स्पेनलाई ३–० को अग्रता दिलाए । सिनियर टोलीबाट दोस्रो खेल खेलिरहेका फातीले सर्जियो रिगुइलनको पासमा गोल गर्न सफल भएका थिए ।

४१औं मिनेटमा युक्रेनले पहिलो पोस्ट आक्रमण बुन्दा माइहालाईचिन्कोको प्रहारलाई गोलरक्षक डेभिड हे गेयाले सहजै नियन्त्रणमा लिए । ४४औं मिनेटमा अलकान्ताराको प्रहार पोस्टबाट थोरै बाहिरियो ।

८४औं मिनेटमा अलकान्ताराको क्रसमा फेरान टोरेसले गोल गर्दै स्पेनको फराकिला जित पक्का गरे । इन्ज्युरी समयमा यारेमचुकले प्रहारमा स्पेनका गोलरक्षक डेभिड हे गेया नै बाधक बन्यो ।

जितसँगै स्पेन लिग ‘ए’ ४ मा ४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित युक्रेन ३ अंक जोडेर दोस्रो स्थानमा रहँदा २ अंक जोडेर जर्मनी तेस्रो तथा १ अंकसहित स्वीट्जरल्यान्ड पुछारमा छ ।

प्रकाशित मिती : २०७७/०५/२२ गते सोमबार ।

You might also like

Leave A Reply

Your email address will not be published.