जेम्स रोड्रिग्वेज एभर्टनमा अनुबन्धित

 


एजेन्सी । एभर्टनले कोलम्बियन आक्रमक मिडफिल्डर जेम्स रोड्रिग्वेजलाई रियल मड्रिडबाट अनुबन्धन गरेको छ । प्रिमियर लिग क्लब एभर्टनले कालम्बियन मिडफिल्डरलाई स्पेनिस क्लबबाट २० मिलियन पाउण्डमा अनुबन्धन गरेको हो ।

२९ बर्षिया मिडफिल्डरले एभर्टनसंग दुई बर्षको सम्झौता गरेका छन् । उनले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप फुटबलमा गोल्डेन बुट जितेपछि फ्रेन्च क्लब मोनाकोबाट रियल मड्रिडमा आबद्ध भएका थिए ।

‘एभर्टनसंग जोडिन पाउँदा म निकै खुसी छु । यस क्लबको धेरै इतिहास रहेको छ । यहाँका प्रशिक्षकले मलाइ राम्रोसंग चिन्नुहुन्छ ।’ रोड्रिग्वेजले भनेका छन् ।

‘म यहाँ धेरै चिज हासिल गर्न आएको हु । जो सबैको लक्ष्य हुने गर्दछ ।’ उनले थपे ।

‘म यहाँ राम्रो गर्नका लागि कोशिश गर्नका लागि आएको हु । म यहाँ टिमलाई जित्न मदत गर्ने र राम्रो फुटबल खेल्नका लागि आएको हु ।’ रोड्रिग्वेजले भनेका छन् ।

रोड्रिग्वेजको रियल मड्रिडसंगको सम्झौता मात्र एक बर्ष बाँकी रहेको थियो । उनले गत सिजन रियल मड्रिडबाट मात्र १४ खेलमा प्रतिस्पर्धा गर्न पाएका थिए ।

उनी तेस्रो पटक एभर्टनका प्रशिक्षक कार्लाे एन्सेलोटीको नेतृत्वमा खेल्न लागेका हुन् । यसअघि उनले रियल मड्रिड र बायर्न म्युनिखबाट एन्सेलोटीको नेतृत्वमा खेलेका थिए ।

‘म कार्लो र प्राविधिक स्टाफसंग सहमत बने । हामी यहाँ ठुलो चिज हासिल गर्न सक्छौ । मुख्य कारण भनेको एन्सेलोटीनै हुन् ।’ उनले थपे ।

‘मैले उनीसंंग पछिल्लो दुई क्लबमा राम्रो समय बिताएको छु । त्यहीनै म यहाँ आउनुको मुख्य कारण हो ।’ रोड्रिग्वेजले भने ।

एन्सेलोटीले जेम्सको बिषयमा भने, ‘जेम्सको बिषयमा सबैलाई थाहा छ । उनी एक उत्कृष्ट खेलाडी हुन् । उनीसंग प्रशस्त क्षमता छ । उनी फरवार्डलाई पर्याप्त बल उपलब्ध गराउन क्षमता राख्छन् ।’

‘उनी क्लबको परियोजनाको बिषयमा निकै उत्सुक छन् । तथ्य कुरा भनेको हामी आफुलाई अझ सुदृढ गर्न चाहन्छौ । हामी उनलाई हस्ताक्षर गर्न पाउँदा निकै उत्साहीत छौ । मैले उनलाई सहमत बनाउन धेरै समय पनि लगाईन । उनी सजिलै सहमत बनेका थिए ।’ एन्सेलोटीले थपे ।

प्रकाशित मिती : २०७७ भदौ २३ गते मंगलबार ।

You might also like

Leave A Reply

Your email address will not be published.