बद्री पंगेनीकाे स्वरमा प्रवासीका पिडा (भिडियो सहीत)

काठमाडौं । बिदेशिएका युवा पुस्ताको पिडालाई प्रस्तुत गरिएको गीतको भिडियो सार्वजनिक भएको छ । दिपिका म्युजिकको अफिशियल च्यानलबाट सार्वजनिक भएको उक्त भिडियोमा कोरोना कहरका कारण स्वदेश फर्कन नसकेका युवाहरु मर्र्मलाई प्रस्तुत गरिएको छ ।

बद्री पंगेनीको स्वर रहेको उक्त गीतमा आमा र सन्तानबीचको गहिरो र आत्मिय सम्बन्ध प्रस्तुत गरिएको छ । क्रान्ति केसीको निर्देशन रहेको भिडियोमा घरबाट टाढा रहेका र घर फर्कन असमर्थ नेपालीहरुको पीडा समेटिएको छ ।

दिपक कँडेलको शब्द, गणेश अधिकारीको संगीत, अजय रेग्मीको छायांकन रहेको भिडियोमा बद्री पंगेनीलाई अभिनयमा सुलोचना भडेल, मनिषा लोकन्द्रीलगायतले साथ दिएका छन् ।

You might also like

Leave A Reply

Your email address will not be published.