प्रदेश ५ को नाम लुम्बिनी राख्ने प्रदेश सरकारको प्रस्ताब प्रति मसाल महामन्त्री सिंहको स्वागत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले ले प्रदेश ५ को नाम लुम्बिनी राख्न गरिएको प्रस्तावको स्वागत गरेका छ्न । महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार वक्तव्य प्रकाशित गरी लुम्बिनी नामाकरणको स्वागत गरेका हुन ।

महामन्त्री सिंहले प्रदेशको स्थायी राजधानी तोक्ने प्रक्रियाको भने विरोध गरेको छ । मसालले विगतदेखि नै प्रदेशको राजधानी तोक्नको लागि एउटा अधिकार सम्पन्न आयोगको गठन गर्न माग गर्दै आएको थियो ।

प्रदेश ५ को राजधानी सार्ने निर्णय हुनासाथ बुटवलमा तनाव उत्पन्न भएको सन्दर्भमा मसालले पुनः अधिकार सम्पन्न आयोग गठन गरी उपयुक्त स्थानमा राजधानी राख्नेबारे निर्णय लिन सुझाव दिएको छ ।

महामन्त्री सिंह द्वार प्रेशित वक्तव्यमा भनिएको छ –

‘५ नं.प्रदेशको मन्त्रिमण्डलले प्रदेशको नामलुम्बिनी राख्ने र भालुबाङ्गको आसपासको क्षेत्रमा राजधानीबनाउने जुन प्रस्ताव राखेको छ, त्यसप्रति ने.क पा.(मसाल) को ध्यानआकर्षित भएको छ ।

प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावलाई हाम्रो पार्टीले समर्थन र स्वागत गर्दछ । तर ५ नं. प्रदेश सरकारले भालुबाङ्गलाई राजधानी बनाउने जुन प्रस्ताव राखेको छ, त्यस सम्बन्धि प्रक्रियाबारे नै हाम्रो पार्टीको मतभेद छ । हामीले शुरुदेखि नै यो कुरामा जोड दिँदै आएका छौँ कि, प्रदेशको राजधानी तोक्नको लागि एउटा अधिकार सम्पन्न आयोगको गठन हुनुपर्दछ र त्यसको सिफारिस अनुसार नै राजधानीको स्थान तोकिनु पर्दछ । हामीले ५ नं. प्रदेश बारे मात्रै होइन, सबै प्रदेशका राजधानीबारे त्यही प्रकारको प्रक्रिया अपनाउनुपर्ने आवश्यकतामा जोड दिदैँ आएका छौँ ।

हाम्रो यो स्पष्ट विचार छ कि प्रदेश वा प्रदेश सभाले राजधानीको स्थान तोक्दा अनावश्यक रुपमा विवाद पैदा हुन्छ र स्थिति तनावपूर्ण बन्न जान्छ । त्यस्तो हुन नदिन हामीले अधिकार सम्पन्न आयोगको गठन गरेर त्यसबारे निर्णय गर्नुपर्ने आवश्यकतामा जोड दिंदै आएका छौँ र अहिले पनि त्यही कुरामा जोड दिन्छौँ ।

५ नं. प्रदेशको राजधानी कहाँ हुन उपयुक्त हुन्छ ? त्यसबारे हाम्रो पार्टीले पहिले पनि कुनै मत प्रकट गरेको थिएन र अहिले पनि गर्दैन तर त्यसबारे निर्णय गर्ने जुन प्रक्रिया अपनाइएको छ, त्यसलाई हामीले गलत मान्दछौँ र विरोध गर्दछौँ । 

प्रकाशित मिती : २०७७ असोज १६ गते शुक्रबार ।

You might also like

Leave A Reply

Your email address will not be published.