प्रदेश ५ को प्रदेशसभामा कांग्रेस सांसदले गरे तोडफोड
काठमाडौं। प्रदेश ५ को प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बाबजुद पनि बैठक अघि बढाइएपछि कांग्रेस आक्रोशित भएको छ। सभामुखले बैठक सुरू गर्नेबित्तिकै कांग्रेस सांसद उठेर रोष्टम घेर्न पुगेका छन्। सभामुखले नाराबाजीका बीच पनि राजधानी प्रस्तावमाथि छलफल अघि बढाएपछि कांग्रेस सांसदले तोडफोड गरेका छन्।
सरकारले स्थायी राजधानी दाङमा तोक्ने प्रस्ताव फिर्ता लिनुपर्ने कांग्रेसले माग राखेको हो। कांग्रेसको विरोधबीच सभामुखले प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव छलफलका लागि पेश गर्न आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई समय दिएका छन्। त्यसक्रममा कांग्रेस सांसदले सभामुखलाई आफ्नो कुरा राख्न पाउने मौका नखोज्न आग्रह गरे।
मन्त्री केसी रोष्टमतर्फ अगाडि बढ्दा कांग्रेस सांसदले छेकेका थिए। नेकपाले सर्वसत्तावाद लाद्न खोजेको कांग्रेसको आरोप छ। मन्त्री केसीले स्थायी राजधानी र प्रदेशको नामबारे प्रस्ताव छलफलका लागि पेश गरेका छन्। लगत्तै विपक्षी सांसदहरूले संसदको कुर्सी तोडफोड गरेका छन्।