गौतम बुद्ध कपको उपाधि राप्तीलाई, नारायणी ९ रनले पराजित

मङ्लबार, मंसिर ३०, २०७७
बुटवल – राप्तीले गौतम बुद्ध कप प्रतियोगिता उपाधि जितेको छ । मंगलबार गौतम बुद्ध क्रिकेट रंगशाला नमुना मैदानमा भएको फाइनलमा नारायणीलाई ९ रनले पराजित गर्दै राप्तीले उपाधि जितेको हो ।

जित लागि १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको नारायणीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनायो । नारायणीका युवा ब्याट्सम्यान आरिफ शेखले ३१ बलमा ४ चौका र ३ छक्का सहित सर्वाधिक ४८ रनको योगदान दिए ।

त्यसअघि गौतम बुद्ध क्रिकेट रंगशाला नमुना मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको राप्तीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो । राप्तीलाई ओपनर कुशल भुर्तेल र अमित श्रेष्ठले ५.४ ओभरमा ५१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

नारायणीका स्पिनर शाहव आलमले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । सुशन भारीले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । करण केसीको नाममा एक विकेट रह्यो । प्रतियोगितामा राप्ती, नारायणी र बागमती गरि तीन टोलीबीच प्रतिस्पर्धा भएको थियो ।

You might also like

Leave A Reply

Your email address will not be published.