प्रधानमन्त्रीद्वारा संसद विघटन गर्न सिफारिस

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् ।
गत मंगलबार सरकारले मन्त्रीहरुलाई समेत जानकारी नदिई संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसद भीम रावल र पम्फा भुसाल निवेदन दर्ता नगरी फिर्ता भएका थिए ।

You might also like

Leave A Reply

Your email address will not be published.