ओलीको अयोग्यता र अहंकारसँगै नेकपाको वैधता सकियो : गगन थापा

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको अहंकार र अयोग्यतासँगै नेकपाको वैधता सकिएको कांग्रेस नेता गगन थापाले बताएका छन् ।  ओली पहिलेदेखि नै संविधानप्रति बफादार नरहेको बताउँदै त्यसको अहिले पुष्टि भएको बताए ।

“हामीले संविधान बनाउँदै गर्दा एउटै पार्टीभित्रको झगडाले मध्यावधिमा जाने कल्पना गरेनौं । यो कदम असंवैधानिक देखिन्छ,” थापाले भने, “हामीले प्रधानमन्त्रीको नालायकीको अयोग्यताको बारेमा कुरा गर्दा यो संविधानप्रतिको प्रतिवद्धताका बारेमा पनि कुरा गर्नुपर्छ । ओली अहंकारी र अयोग्यता मिसिएका व्यक्ति हुन् । आफ्ना लागि जे पनि गर्न सक्छन् भन्ने देखिन्छ । आजको मितिबाट प्रधानमन्त्रीसँगै नेकपाको पनि वैधता सकियो । जे सुकै भए पनि नेकपाले पाएको म्यान्डेट र बैधता सकियो । जनताले नेकपालाई प्रचण्ड बहुमत दिए । त्यो गलत सावित भयो ।”

You might also like

Leave A Reply

Your email address will not be published.