आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान साउन ६ गते सम्मलाई रोक

असार १८, काठमाडौँ — सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई थप १६ दिनसम्म रोक लगाउने निर्णय गरेको छ ।

असार २१ गतेसम्म रोक लगाइएको आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई सोमबारको मन्त्रीपरिषद्‌ बैठकले साउन ६ गते मध्यरातसम्मलाई रोक लगाउने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात महाशाखाका प्रमुख सचितभक्त पोखरेलले मंगलबार सरकारले गरेको निर्णयपछि बुधबार अत्यन्त जरुरी सूचना जारी गर्दै ‘सबै आन्तरिक र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई यात्रु उडानमा साउन ६ गते राति ११ : ५९ सम्मका लागि रोक लगाइएको जनाएका छन् ।

यसअघि पहिलोपटक ०७६ चैत ९ गतेदेखि सबै व्यावसायिक अन्तर्राष्ट्रिय उडानलाई र आन्तरिक वायुसेवालाई चैत ११ देखि १८ गतेसम्म व्यावसायिक यात्रु उडानमा रोक लगाइएको थियो । त्यसपछि चैत १९ देखि वैशाख ३ सम्म, वैशाख ४ देखि १८ सम्म, वैशाख १९ देखि जेठ २ सम्म, जेठ ३ देखि १८ सम्म, १९ देखि जेठ ३२ र असार १ देखि २१ सम्म व्यावसायिक उडानमा रोक लगाइएको थियो ।

आठौं पटकको निर्णयले १६ दिन थप गरेको छ ।

You might also like

Leave A Reply

Your email address will not be published.