साधना लघुवित्तको आइपीओ : आवेदन दिने समय आज सकिँदै

असार २४, बुटवल । साधना लघुवित्तले आइतबारदेखि सर्वसाधारणका लागि जारी गरेको आइपीओमा आवेदन दिने समय बुधवार सकिदै छ ।

तीन दिन मै कम्पनीले बिक्रीमा ल्याएको आइपीओ १४ गुणाभन्दा धेरै आवेदन परिसकेको छ। उक्त शेयरको बिक्री बुधबार साँझ बैंकिङ समयपश्चात बन्द हुनेछ ।

लघुवित्तले आइतबारदेखि प्रतिकित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो। कुल शेयरमध्ये ०।५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ। बाँकी ६ लाख ६१ हजार ५२० कित्ता शेयर सर्वसाधारणमा बिक्री खुल्ला गरेको हो।

आईपीओमा न्यूनतम १० कित्तादेखि एक हजार कित्तासम्म आवेदन दिन सकिनेछ। लघुवित्तको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ भने मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ।

लघुवित्तको यस आइपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ ।

You might also like

Leave A Reply

Your email address will not be published.