साधना लघुवित्तमा झण्डै १७ गुणा बढी आवेदन

असार २४, बुटवल । साधना लघुवित्तको आइपीओमा झण्डै १७ गुणा बढी आवेदन परेको छ।

आइतबारदेखि सर्वसाधारणमा जारी गरेको आइपीओमा बुधवार साँझ सम्ममा ४ लाख ५५ हजार ८ सय ४१ जना आवेदकबाट १ अर्ब ११ करोड ९१ लाख एक हजार रुपैयाँ बराबरको आइपीओ खरिदका लागि निवेदन पेश भएको छ । जुन १ करोड ११ लाख ९१ हजार १० कित्ता शेयर हो । यो बिक्रीमा ल्याइएको शेयरको १६.९२ गुणा हुन्छ ।

लघुवित्तको आइपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीले बिक्रीमा ल्याएको उक्त शेयर बुधबारबाट बिक्री बन्द भएको छ। यसमा अझै भौतिक रुपमा गरिएको आवेदन आउन बाँकी नै रहेको छ।

लघुवित्तले आइतबारदेखि प्रतिकित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो। कुल शेयरमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी ६ लाख ६१ हजार ५२० कित्ता शेयर सर्वसाधारणमा बिक्री खुल्ला गरेको थियो।

लघुवित्तको यस आइपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ।

You might also like

Leave A Reply

Your email address will not be published.