अहिले कै स्थितिमा सार्वजनिक यातायात चलाउन सकिदैँन : व्यवसायी

असार २५, बुटवल । यतयात व्यवसायीले अहिले कै स्थितिमा सार्वजनिक यातायात चलाउन नसकिने बताएका छन् ।

सरकारले यही २३ गते निष्चित मापदण्ड कायम गरी जिल्ला भित्र सवारी साधन चल्न दिने निर्णय गरेको थियो । निर्णय विहिवार सार्वजनिक भए लगतै व्यवसायीले यथास्थितिमा यातायात चलाउन नसकिने बताएका हुन् ।

व्यवसायीले सरकारले आफूहरुसँग छलफल नै नगरी एकलौटी रुपमा निर्णय गरेको भन्दै विरोध जनाएका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघकका उपाध्यक्ष हरिशरण केसीले भने, ‘हामीसँग छलफल नगरि सरकारले एकलौटी निर्णय गरेको छ । सवारी चलाउने स्थित छैन । खोलेपछि संक्रमितको सङ्ख्या बढ्छ अनि संकटकाल लगाउने खेल हो । महासंघको बैठक बसेर यो विषयमा आधिकारिक धारणा सार्वजनिक गछौँ ।’

यातायात व्यवसायीले साविक भाडामा ५० प्रतिशत बढी भाडा लिन पाउनेछन् । भाडा मात्रै समस्याको समाधान नभएको उनीहरुको बुझाइ छ ।

You might also like

Leave A Reply

Your email address will not be published.