सरकारको निर्णय विरुद्ध यातायात व्यवसायी, सार्वजनिक सवारी साधन नचलाउने

 

असार २६, काठमाडौं । सरकारको निर्णय विरुद्ध यातायात व्यवसायीहरूले सार्वजनिक सवारी साधन नचलाउने निर्णय गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले यथास्थितिमा सर्वाजनिक सवारी साधन संचालन गर्न नसकिने निर्णय गरेको हो । महासंघले उचित वातावरण तयार गर्न सरकार उदासीन भएको भन्दै तत्कालको अवस्थामा सार्वजनिक सवारी नखुलाउने निर्णय गरेको छ ।

सरकारले बिहीबार मात्रै जिल्लाभित्र र काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीलाई खुला गर्ने निर्णय गरेको थियो । तर व्यवसायीले सरकारसँग विभिन्न शर्तहरू राख्दै पूरा नभएसम्म सवारी चलाउन नसकिने निर्णयमा पुगेको हो ।

You might also like

Leave A Reply

Your email address will not be published.