खेलकुद महासंघद्वारा खेलकुद सामग्री हस्तान्तण

बैशाख १७ अर्घाखाँची।
अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघले ढाकावाङ्ग प्रहरी चाैकीलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ।

भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ पिपलनेटामा रहेको प्रहरी चाैकीलाई ब्याडमिन्टन र भलिबल खेलका खेलकुद सामाग्री महासंघले हस्तान्तरण गरेकाे हाे।

हस्तान्तरण कार्यक्रममा अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पृथ्वी थापा, अखिल (छैठौं)का नेता टेकराज भुसाल र भुमिकास्थान नगरपालिका २ नम्बर वडा का वडा अध्यक्ष बुद्धि बहादुर थापाले ढाकावाङ्ग प्रहरी चाैकीका इन्चार्ज गणेश गिरीलाई खेलकुद सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

You might also like

Leave A Reply

Your email address will not be published.