बडिगाड खर्वाङमा छतवाट खस्दा एक जनाको मृत्यु …..

कमल पौडेल
२६ बैसाख, बागलुङको खर्बाङमा घरको छतवाट खस्दा एक जनाको ज्यान गएको छ । बडिगाड गाउँपालिका वडा नं. २, दनिया निवासी ३९ वर्षिया रन बहादुर रानाको मृत्यु भएको हो । स्थानिय दिपु के सिको घरमा वायरिङ गर्ने क्रममा खस्दा गम्भिर घाइते भएका रानाको उपचारको लागि हेलिकप्टर मार्फत पोखरा पठाउने तयारी भैरहेको बेला ज्यान गएको हो । उनको स्थानिय मेडिकलमा उपचारको क्रममा ज्यान गएपछि हेलिकप्टर रितै फर्किनु परेको थियो । गिरिङ्दी खोला लघु जलविद्युत परियोजनामा अपरेटरको रुपमा काम गर्दै आएका रानाका १ श्रीमति सहित २ छोरा र १ छोरी रहेका छन ।

You might also like

Leave A Reply

Your email address will not be published.