तिलको पहाड बनाउन आवश्यकछैन:साँसद जिसी


बुटवल जेष्ठ १९, लुम्बिनी प्रदेशको आठौं अधिवेशन आजबाट प्रारम्भ भएको छ।अधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका प्रदेश साँसद तारा जिसीले नेपाली कांग्रेस सहितको हाम्रो गठबन्धनलाई अवसरवादी,अपवित्र गठबन्धन भनेर आत्मसंतुष्टी गर्नेहरूलाई तिलको पहाड बनाएको कटाक्ष गर्नुभयो ।

गठबन्धन दलका आ:आफ्नै सिद्धान्त,राजनीति मुल्य र मान्यता छन्। मतभेद छन्,असहमति छन् र पछि पनि रहिरहन्छन् जुन स्वभाविक हो। तर पनि तात्कालिक मुद्दामा एकजुट भएर संघर्ष गरेका दर्जनौं उदारण पनि छन्। त्यसकारण गठबन्धन बारे तिलको पहाड बनाउनु आवश्यक नभएको भन्नुभयो।

गणतन्त्र,संविधान,राष्ट्रियता,धर्म निरपेक्षता लगायत संघर्ष का उपलब्धिहरू ओली सरकार र त्यसका मतीयार प्रदेश सरकार समेतबाट धरापमा परेका र देशमा प्रतिगामी तथा विदेशी शक्ति सल्वलाई रहेको अवस्थामा देशको अस्तित्वको रक्षा गर्न र विधिको शाशन कायम राख्न यस्तो प्रवृत्ति हटाउन हामी सबैको कर्तव्य र जिम्मेवारी हो, गठबन्धन त्यसैको प्रयास हो भनी बुझ्न जरूरीछ।

प्रारम्भमा अधिवेशन आव्हानको लागि सरकारलाई धन्यवाद दिदै नेतृ जिसीले यो अधिवेशन सफल हुन्छ कि हुदैनरु किटानको साथ कसैले भन्न नसक्ने अवस्था रहेको भन्दै कुनै पनि वेला यो सँसदको घाँटी निमोठिन सक्ने सदनमा आशंका व्यक्त गर्नुभयो । नेपाली जनताको ६०/७० बर्षको वलिदानी पूण संघर्षबाट प्राप्त उपलब्धिहरू एकातिर छन् भने अर्कोतर्फ केन्द्र कै जस्तै हु बहु असंवैधानिक,अनैतिक,स्वच्छाचारी प्रपंचबाट प्रदेश सरकार गठन भएको र आफ्नै कारणले सदनको विश्वास गुमाएको बताउनुभयो ।

त्यै भएर नै पटक पटक अविश्वास प्रस्तावबाट भाग्न खोजेको भन्दै यो सत्ताधारी पार्टी सच्चा कम्युनिस्ट पार्टी नभएको हाम्रो पार्टीले पुष्टि त गर्दै आएको थियोे,केन्द्र र प्रदेश सरकारको यो अधिनायकवाद र सत्तालिप्सा देख्दा यो प्रजातान्त्रिक पार्टी जस्तो पनि देखिएन।आफुलाई कम्युनिस्ट पार्टी हौ भनेर नथाक्ने पार्टीको यो हविगत लज्जाको विषय भएको बताउनु भयो।

नेपाली जनताको लामो संघर्षका उपलब्धिहरू संविधान,गणतन्त्र,राष्ट्रियता,धर्मनिरपेक्षता,समावेशिता आदी ओली सरकारको स्वच्छाचारी र अधिनायकवादी कदमका कारणले धरापमा परेकाछन्।राष्टपति जस्तो निष्पक्ष र गरिमामय संस्था र उनका प्रतिनिधि पनि यो प्रतिगामी र असंवैधानिक कार्यमा सहयोगी बन्नु आश्चर्यको बिषय भएको औल्याउनुभयो।

जनताका प्राप्त उपलब्धिहरूको रक्षाको लागि ओली सरकार र उनका अन्धभक्त प्रदेश सरकारहरूको बहिर्गमन राष्ट्रिय जनमोर्चाको तत्कालको पहिलो प्राथमिकता हो भन्दै नेतृ जिसीले भिर बाट हाम् फाल्नेलाई राम राम भन्ने हो काध नै थाप्न नसकिने बताउनुभयो ।

नागरिकता विधेयकमा चर्चा गर्दै प्रदेश साँसद जिसीले लामो समयदेखि प्रतिनिधि सभामा विचाराधीन अवस्थामा रहेको चर्चा गर्दै जननिर्वाचित संस्थालाई असंवैधानिक प्रकारले विघटन गरेर अध्यादेश बाट आफ्नो सत्ता टिकाउन गैर नेपालीहरूलाई नागरिकता बाँडेर देशलाई फिजी र सिक्किमीकरणको दिशामा लान थालेको प्रति असंतोष प्रकट गर्दै बिदेशीलाई खुसी पारी सत्ता लम्बाउने काम चलाउ सरकारको कु प्रयास भयकोले हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा भ्रसना गर्दछ र तत्काल यो अध्यादेश फिर्ता गर्न समेत माग गर्नुभयो।

वास्तविक नेपालीहरू नागरिकता बाट वंचित हुनु हुदैन तर यो सरकारको नियत नै ठीक नभएको भन्दै विचाराधीन विषय र दिर्घकालिन महत्त्वका विषयमा निर्णय गर्ने अधिकार यो सरकारलाई कस्ले दियोरुभनी प्रश्न उठाउनुभयो । एकपल्ट गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक र स्च्छाचारी कदम भनी सर्वोच्च अदालतले पूनस्स्थापना गरेपछि सयौं तिकडम अपनाएर पूनस् स्वच्छाचारी प्रकारले विघटन गरिएको छ। ६ महिना भित्र चुनावको मिति समेत तोकेको यो सरकार कामचलाउ सरकार हो,चुनावी सरकार हो।

काम चलाउ सरकारको अधिकार क्षेत्र भित्र नपर्ने पूर्ण बजेट ल्याएर मतदाताहरू प्रभावित पार्ने,राज्यको सम्पत्ति दुरुपयोग गर्ने,६ महिने सरकारले बर्षौं र दिर्घकालिन महत्त्वका योजनाहरू प्रस्तुत गर्नु स्वईच्छाचारिता र अधिनायकवादी कार्यशैलीको भद्दा प्रदर्शन हो भन्नुभयो।

प्रतिनिधि सभा दोस्रो पटक विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन छ,जनता आज पनि न्यायलय प्रति आस्थावान छन्।जनता आज महामारीको चपेटामा छटपटाई रहेका छन्,सरकार जनताको जीवन रक्षामा असफल भैरहेको अवस्थामा कसरी राज्यको सम्पूर्ण श्रोत र साधन प्रयोग गरेर जनताको जिवन रक्षा गर्ने तिर केन्द्रीत नभएर समयपूर्व चुनावको नौटंकी गरि आफ्नो असफलता लुकाउने प्रयत्न गरेको दावा गर्नुभयो ।

चुनावी नशामा मदहोस भएका सत्ताधारीलाई कटाक्ष गर्दै नेतृ जिसीले माछो माछो भन्दाभन्दै भ्यागुतोू हात लाग्ला भन्दै चेताउनुभयो। अधिवेशनमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले पनि आ:आफ्नो पार्टीको धारणा प्रस्तुत गर्नुभएको थियो।चर्का चर्की माहोलको विच भोली सरकारको विनियोजन विधेयक,२०७८ का सिद्धान्त र प्राथमिकतामा छलफल केन्द्रीत हुनेछ ।

You might also like

Leave A Reply

Your email address will not be published.