जितामित्र सुनार सहित ५ नेता युवक संघ बाट निष्काशित
बुटवल । नेकमा मसालको सहायक संगठनको अखिल नेपाल युवक संघले अनुशासन उल्लंघन गरेको आरोप लगाउदै केन्दिय सल्लाहकार तथा राष्ट्रिय जनमोर्चाका युवा नेता जितामित्र सुनार सहित पाँच नेतालाई संगठन बाट निष्काशन गरेको छ ।
मंगलबार युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरेको अध्यक्षतामा बसेको भर्चुअल बैठकले संगठनको हित विपरित कार्य गरेको भन्दै उनिहरुलाई संगठन बाट निष्काशन गरेको अखिल नेपाल युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरेले बिज्ञप्ति निकाल्दै बताएका छ्न ।
यसरी निष्काशित हुनेहरुमा युवक संघका सल्लाहकारद्वय जितामित्र सुनार र बालकृष्ण सुवेदी तथा युवक संघका केन्द्रीय सदस्य आशिष जवेगु र वैकल्पिक केन्द्रीय सदस्य शिव फुयाल, र राष्ट्रिय परिषद सदस्य चक्रबहादुर शाही (रोयल शमर) रहेका छन ।
यस्तै, बैठकले सचिव भक्तबहादुर विक लाई बहु जिम्मेवारीका कारण सचिव पदबाट हटाएर सल्लाहकार बनाउने निर्णय पनि गरेको छ
यस्तो छ अखिल नेपाल युवक संघका अध्यक्ष अनिल किशोर घिमिरे द्वारा प्रकाशित बिज्ञप्तिको पूर्णपाठ –
अखिल नेपाल युवक संघ
केन्द्रिय कार्यालय
प्रेस -बिज्ञप्ति
१)अखिल नेपाल युवक संघ केन्द्रिय समितिको भर्चुअल बैठक सम्पन्न भएको छ।बैठक ले कोभिड १९ को कारण स्थगित भएका संगठनका गतिविधिहरु लाई परिस्थितिको ख्याल गर्दै अगाडि बढाउने निर्णय गरेको छ।जसअनुसार आगामी कार्तिक सम्म नव युवा गर्जन प्रकाशित गर्ने,मंसिर र पौष महिना भर स्थानीय तहमा बैठक , भेला, प्रशिक्षण गर्ने ठेगान गरेको छ।केन्द्रिय र प्रदेश साथै जिल्ला स्तरका प्रशिक्षण हरु सम्पन्न गर्ने निर्णय गरिएको छ।कोभिड ले युवा वर्गमा पारेको असर बारे बृहत भर्चुअल अन्तरक्रिया गर्ने समेत ठेगान भएको छ।
२)केन्द्रिय सचिब भक्त बिक ले संगठनका अन्य जिम्मेवारीहरु पूरा गर्नुपर्ने जनाइ दिनुभएको राजिनामा स्वीकृत गरिएको छ। केन्द्रिय सदस्य आशिष जबेगु , शिव फुयाल ,राष्ट्रिय परिषद सदस्य समर शाहिले संगठन को अनुशासनमा बस्न नसकेकोले केन्द्रिय समितिबाट निस्काशन गरिएको छ ।केन्द्रिय सल्लाहकार जितामित्र सुनार र बालकृष्ण सुबेदिले पनि अनुशासन विरुद्धको गतिविधिमा संलग्न भएकोले सल्लाहकार बाट निलम्बन गरिएको छ।केन्द्रिय सल्लाहकारमा भक्त बिक लाई थपिएको छ।
३)कोभिड को नाममा कयौं अन्य रोग लागेका बिरामीहरु समेत उपचार बाट बन्चित भैरहेका छन् ।मेडिकल माफियाहरु ले कोभिडको बाहनामा राज्य संयन्त्र संग मिलेर बिरामीको स्वास्थ्य माथि खेलवाड गर्ने अपराधीक कार्य र भ्रस्टाचार गरिरहेका समाचार आइरहेका छन् ।सरकार संचालक दलहरु बिश्वब्यापी समस्या को रुपमा देखा परेको समस्या समाधान गर्ने ,यसबाट जोगिन उपायहरु खोज्ने ,नागरिकको स्वास्थ्य प्रती जिम्मेवार बन्नु पर्नेमा ब्यक्तिगत र गुटगत स्वार्थ मा ब्यस्त भैरहेका छन् ।गणतन्त्र मा समेत जनता प्रती उत्तरदायी सरकार हामीले पाउन सकेका छैनौं ।कयौं असक्षम र कालो सुचीमा रहेका ठेकेदार हरुलाई ठुलाठुला योजना सुम्पने र गुणस्तरहिन काम हरु गराउने साथै मोटो कमिसनको खेलमा कयौं महत्त्वपूर्ण योजना हरु अलपत्र पार्ने काम गरिएको छ।हामी यसप्रकारको कार्यको बिरोध गर्न चाहान्छौ।राज्यको यही प्रकारको अकर्मण्यता हुने हो भने मुलुक भयावह आर्थिक संकट र स्वास्थ्य संकट मा फस्ने निश्चित छ।यस्तो अवस्थामा आम जनता र युवा बर्ग ले सरकारका गलत काम कार्बाहिको खबरदारी गर्नु जरुरी छ।
४) कोभिडको बिश्वब्यापी समस्या को बिचमा कयौं बिदेशी शक्तिकेन्द्र हरुले ,दलाल पुजिपतिहरुले नेपालको स्वाभिमान को विरुद्धमा आर्थिक सहयोगको नाममा ,धार्मीक सास्कृतिक जागरणको नाममा ,शैक्षिक सुधारको नाममा,प्रवेश गरिरहेका छन् ।तिनिहरुका षड्यन्त्र हरु लाई परास्त गर्दै राष्ट्रिय स्वाधीनता को रक्षा गर्नुपर्ने छ।त्यसको लागि आम जनसमुदाय र युवा तप्का लाई सचेत रहन आग्रह गर्दछौं ।
२०७७ असोज २८
( अनिलकिशोर घिमिरे )
अध्यक्ष