विश्व शान्तिका लागि लुम्बिनि सम्मेलन शुरू

लुम्बिनी, चैत   ‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नाराका साथ लुम्बिनी सम्मेलन (कन्क्लेभ) बिहीबारदेखि सुरु भएको छ। सम्मेलन परराष्ट्र मन्त्रालय र अन्तर कन्सुलर कर्पस नेपालको संयुक्त आयोजनामा जन्मस्थल लुम्बिनीमा शान्ति र समृद्विलाई केन्द्रमा राखेर सम्मेलन लुम्बिनिमा शुरू भएकाे हाे ।

सम्मेलनकाे विहिबार साँझ उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उदघाटन गरेका हुन् । उदघाटन समाराेहमा बाेल्दै परराष्ट्रमन्त्री श्रेष्ठले लुम्बिनि बुद्व जन्मस्थल मात्रै नभई बाैद्व दर्शनकाे उदगम भूमि रहेकाे बताए । उनले बुद्व र लुम्बिनीलाई अलग बुद्वका शिक्षाले वसश्वमा शान्ति स्थापनामा महत्वपूर्ण विश्वले अंगिकार गर्नुपर्ने बताए ।

लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभएर बुद्ध धर्मको मुहान पनि रहेकाे समेत उनले बताए । उनले नेपाल जटिल भूराजनीतिक चुनौतीहरूको बीचमा रहेकाे बताउदै विश्वमा देखिएकाे द्वन्द्वलाई धुव्रिकृत गर्दै शान्तिमा रूपान्तरण गर्नुपर्ने बताए। विश्वमा देखा परेकाे द्वन्द्वले विश्वव्यापी आर्थिक संकट र असमानतालाई बढाइरहेको समेत उनले बताए ।

शान्ति र समृद्धिको एजेण्डामा सम्मेलन गर्ने सबैभन्दा उत्तम ठाउ लुम्बिनि रहेकाे बताए । ‘शान्ति र समृद्विका लागि लुम्बिनीकाे विकल्प अरु हुन सक्दैन’ परराष्ट्रमन्त्री श्रेष्ठले भाे । लुम्बिनिबाट शान्तिको उदगम थलाेसंगै मानवता, सुख, कल्याण र मुक्तिको खोजमा आफ्नो जीवन समर्पण गर्ने बुद्व जन्माएकाे पवित्र स्थल रहेकाे बताए । उनले चार महिनाअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले लुम्बिनि भ्रमण गरेकाे स्मरण गर्दै भगवान बुद्धका शिक्षाहरू प्रतिबिम्बित गर्ने ठाउँका रूपमा व्याख्या गरे ।

कार्यक्रममा लुम्बिनि विकास काेषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पाे छिमे), पूर्वमन्त्री देवेन्द्र पाैडेल लगायतकाे उपस्थिति रहेकाे थियाे । सम्मेलन शुभारम्भमा लुम्बिनि म्यूजियम ईनेसियिटिभका संस्थापक तथा कार्यकारी निर्देशक सुम्मिना उदासले प्रस्तुती राख्दै बुद्व जन्मस्थल लुम्बिनि विश्वका शान्ति मार्गीहरूकाे आस्थाकाे केन्द्र भएकाे बताईन ।

सम्मेलनमा बुद्विजम आर्ट ईन नेपलिज आर्टका प्राेफेर डा नरेश शाक्य, पदम ज्याेतीले बाेल्दै लुम्बिनिमा गैरआवासिय राजदुहरूलाई स्वागत गरे । सम्मेलनमा विभिन्न देशका गैरआवासीय राजदूतहरु एकै पटक लुम्बिनीमा आएर बुद्व, शान्ती र समृद्विका बिषयमा छलफलमा सहभागी भएका छन ।
सम्मेलन अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मंगोलिया, इन्डोनेसिया, सेय्चेल्लेस, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आएरल्यान्ड, स्पेन, लातिभिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानियाका गैरआवासीय राजदूतहरू सहभागी छन ।

बिहीबार दिउँसो बुद्ध एयरको जहाजमा भैरहवा आएका उनीहरू बुटवल स्थिति लुम्बिनि केवल कारकाे भ्रमण गरेका थिए । सम्मेलनमा नेपालमा लगानीका अवसर, पर्यटन प्रवद्र्धन, लुम्बिनीको अन्तर्राष्ट्रिय महत्वलगायतका विषयमा छलफल र प्रस्तुति गरिँने जनाईएकाे छ ।

शुक्बार लुम्बिनि भ्रमण गर्ने कार्यसूचीहेकाे छ । त्यसपछि टाईगर रिसाेर्टमा छलफल गरि सम्केलन सकिनेछ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार