नेकपा रुपन्देहीले गर्यो सहिद-बेपत्ता परिवार सम्मान

बुटवल । नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीले सोमबार बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई एक समारोहका बिच सम्मान गरेको छ ।फागुन १४ देखि २१ गतेसम्मको सहिद सप्ताह अन्तर्गतको सम्मान कार्यक्रममा रुपन्देहीबाट सहिद भएका ६९ सहिद परिवारलाई खादा नगद सहित सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा सम्बोधन गर्दै नेकपाका पोलिटव्युरो सदस्य एवं पूर्वी लुम्बिनी व्युरो ईन्चार्ज वसन्त सीले सहिद भनेका सबैका साझा हुने बताउँदै सहिद परिवारलाई सम्मानपुर्वक जिउने अधिकार रहेको बताए । उनले देशको समग्र परिवर्तनका लागि साहदत हुने महान सहिद र परिवारजन कुनै पार्टी बिषेशका लागि मात्रै नभई सिंगो देशका साझा ब्यक्तित्व भएको भन्दै राज्यका हरेक निकाय देखि बिकास निर्माणमा सहिद परिवारको सहभागिता सुनिस्चित गर्नुपर्ने दाबी गरे ।

जनयुद्धको समयमा रुपन्देहीमा साहदत भएका अधिकांश सहिद तथा बेपत्ता योद्धाहरुसंग काम गरेको स्मरण गर्दै उनले सहयोद्धाहरुका आफन्तजनसंगको भेटघाटले भावुक बनाएको समेत उल्लेख गरे । जनयुद्धलाई अपराधिकरण गर्ने प्रयत्न गरिएको प्रती आक्रोश पोख्दै नेता वसन्तले भने – “जसको बलमा मुलुकमा यो राजनितिक परिवर्तन आयो अहिले तेसैका बिरुद्ध बिषवमन गर्नेकुरालाई किमार्थ स्वीकार्न सकिँदैन ।

केहि सिमाहरु रहे, कमजोरीहरु रहे त्यसको निर्मम समीक्षा गर्न जरुरी छ हामी सबै माओबादी धारहरु समीक्षा गर्दैछौं। जनयुद्दका उपलब्धी र मुद्धाहरुलाई संस्थागत गर्न सकेको भए यो अवस्था आउँने थिएन ।” यस्तै सत्यनिरुपण मेलमिलाप आयोगको प्रतिवेदन कार्यान्वयनमा छिट्टै ल्याउनुपर्ने भन्दै उनले अब सबै बामपन्थी कम्युनिष्ट धार, देशभक्त शक्ति, लोकतान्त्रिक गणतन्त्रबादी शक्ति मिलेर नेपाली विशेषताको समाजबादको दिशामा अगाढी बढ्नुको बिकल्प नरहेको बताए ।

सहिद बेपात्ता परिवार समाजकी केन्द्रीय सचिव जया पौडेलले महान जनयुद्धमा सहिदहरुको बलिदानीकै बलमा यो राजनितिक परिवर्तन भएपनि सहिद वेपत्ता परिवारजनका पिडाहरु सम्बोधन नभएकोमा गुनासो गर्दै केही नेताहरुलाई सरकारको नेतृत्व गर्न, सुखसयल जिउनका लागी आफ्ना परिवारको वलिदानी नभएको बताईन ।

कार्यक्रममा नेकपाका पिबिएम बिनोद सी, सल्लाहकार जितबहादुर सी, केन्द्रीय सदस्य सरद सी, माओबादी केन्द्र कि केन्दीय सदस्य तथा सहिद रामेश्वर यादवकी जिवनसंगिनि सभासद सोनिया यादव, माओबादी केन्द्र जिल्ला संयोजक निर्मल जिसी, सहिद बेपात्ता समाजका अध्यक्ष शिब घिमिरे लगायतले बोलेका थिए।

पार्टीका केन्द्रीय सदस्य विस्वाश सीको अध्यक्षता दक्षीण जिल्ला सेक्रेटरी नवीन सीको स्वागत एवं जिल्ला सेक्रेटरी बिरेन्द्र सीको संचालनमा सम्पन्न कार्यक्रममा सामना परिवारकी रेश्मा सीले सहिदको सपना सम्बन्धी गित गाउँदा माहोल भावुक बनेको थियो । २०५२ साल फागुन १ गतेबाट सुरुभएको माओबादी जनयुद्ध २०६३ को बृहत् शान्तीसंझौता पश्चात शान्तीपुर्ण राजनितिमा आएको थियो । जसमा १७ हजार बढी सहिद भएका थिए । एक हजार बढी बेपत्ता रहेकाछन ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार