आयल निगमले फेरि पेट्रिलियम पदार्थको मूल्य बढायाे

असार २६, बुटवल । नेपाल आयल निगमले फेरि पेट्रिलियम पदार्थको मूल्य बढाएको छ । निगमले शुक्रबार राति १२ बजे देखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर १(१ रुपैयाँ बढाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ तथा डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ८८ पुगेको छ । निगमले १० दिन अघि मात्रै पेट्रिलियम पदार्थको मूल्य बढाएको थियो ।

हवाई इनधन र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

You might also like

Leave A Reply

Your email address will not be published.