ढोरपाटन नगरपालिका खल्टुवोट नजिक खोल्सामा जमिन मुनी गाडीएको शवको पहिचान

 

 

 

वैशाख २, बुधबार ढोरपाटन नगरपालिका वडा नम्बर २ खल्टुवोट नजिक खोल्सामा जमिन मुनी गाडीएको अवस्थामा शव भेटिएका व्यक्तिको शवभएको छ ।

भेटिएको शव गत चैत्र ४ गतेदेखि वेपत्ता बनेका नवलपरासीको देवचुली घर भई रुपन्देहीमा बस्दै व्यवसाय गदैं आएका ३२ वर्षीय नारायण बस्याल रहेको प्रहरीले जनाएको छ । रेडियो ढोरपाटनबाट प्रशारण भएको समाचारकाआधारमा परिवारका सदस्यले मृतक आफ्नो परिवारको सदस्य भएको भन्दै हुलियाको आधारमा जानकारी प्राप्त गरेसँगै विहिबार बुर्तिबाङ आएपछि शवको पहिचान भएको बताइएको छ ।

शवको पहिचान भएसँगै पोष्टमार्टम गर्न धौलागिरी अञ्चल अस्पताल बागलुङ पठाइएको प्रहरीले जनाएको छ । स्वास्थ्य केन्द्रमा शवको पोष्टमार्टम गर्ने स्वास्थ्यकर्मी नभएका कारण बागलुङ पठाइएको प्रहरीले जनाएको छ ।

कसरी भयो घटना?
बुधबार ढोरपाटन नगरपालिका वडा नम्बर २ खल्टुवोटका स्थानीयले गाडिएको अवस्थामा शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोलीले गाडिएको शव निकालेर बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको थियो ।

शवको पहिचान हुन नसकिरहेको अवस्थामा बिहिबार मात्रै परिवारका सदस्य आइपुग्दा मात्रै शवको पहिचान भयो । गत चैत्र ४ गते रुपन्देहीदेखि एकाएक वेपत्ता बनेका वस्याल एक महिना बित्नै लाग्दा समेत परिवारका सदस्यको सम्पर्कमा आएनन् ।

परिवारका सदस्यले विभिन्न स्थानमा खोजी कार्य जारी राखे तर कुनै स्थानमा फेला नपरेका नारायण गाडीएको अवस्थामा ढोरपाटन नगरपालिका वडा नम्बर २ मा फेला परेका हुन । बस्याल चार फिट गहिराईमा घाँटीमा रसिले कँसिएको, दुवै खुट्टा बाँधिएको अवस्थामा थिए ।

को हुन् अपराधी?
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ढोरपाटन नगरपालिका वडा नम्बर २ रिनामका एक पुरुषलाई रुपन्देहिबाट प्रकाउ गरेको छ । रुपन्देहिमा विद्यालयको क्यान्टीन सञ्चालन गर्दै आएका दुई दाजुभाई मध्ये लाल बहादुर खनाललाई प्रहरीले प्रकाउ गरेको हो ।

नारायण वस्याल सम्पर्क विहिन भएदेखि क्यान्टिन तथा पेशा व्यवसाय बन्द गरेको र आफु बस्दै आएको घरदेखि सम्पर्क विहिन बनेका मित्रलाल खनाल र निजका दाई गौरीश्वर खनाल प्रहरीको शंकाको घेरामा रहेका थिए ।

बिहिबार मित्रलाललाई प्रहरीले प्रकाउ गरे सँगै आफुहरुले नै नारायण वस्यालको ज्यान लिएको बताएको प्रहरीले जनाएको छ । बुटवल इलाका प्रहरी कार्यालयका प्रमुख टंक चुँडालीका अनुसार मित्रलाल प्रकाउ परे पनि गौरीश्वर अझै सम्पर्कमा आएका छैनन् । किन र कसरी हत्या गरीयो भन्ने विषय

अनुसन्धानपछि मात्रै थाहा हुने चुँडालीले बताए । घटनाको प्रकृति हेर्दा चैत ४/५ गते नै हत्या गरी गाडेको हुनसक्ने बताइएको छ । मित्रलाल र गौरीश्वर दुई दाजुभाईले नारायण वस्याललाई रुपन्देहि देखिनै हत्या गरे पश्चात खल्टुवोटमा लिएर गाडेको हुन सक्ने स्थानीयले आशंका गरेका छन् ।

You might also like

Leave A Reply

Your email address will not be published.