सुन तस्करीमा नयाँ प्रयोग : कार्टुनमै सुन लेपन

प्रहरीले केही दिनअघि मलद्वारमा सुन लुकाएर ल्याउँदै गरेको अवस्थामा त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको भारतीय नागरिकको साथबाट थप सुन बरामद भएको जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार कार्तिक ८ गते नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका ३९ वर्षीय भारतीय नागरिक मोहम्मद कासिमले ल्याएको कार्टुनबाट थप ४२९.८२० ग्राम सुन फेला परेको हो ।

निजले कार्टुनमै सुनको लेप गरेर ल्याएको पाइएको हो । निजको साथबाट यसअघि मलद्वारमा टेपले बेरिएको सेतो रंगको प्लाष्टिक भित्र ३३१ ग्राम सुन फेला परेको थियो । उक्त परिमाणको सुन फेला पर्नासाथ निजलाई आवश्‍यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको थियो ।

निजले आफूसँगै ल्याएको कार्टुनलाई नेपाल सुनचाँदी व्यवसायी महासंघले परीक्षण गर्दा २ के.जी.३५० ग्राम तौल भएको कार्टुन गलाउँदा ४२९.८२० ग्राम सुन निस्किएको प्रहरीले जनाएको छ । निजको साथबाट बरामद सुनको कुल तौल ६८०.६७० ग्राम रहेको प्रहरीको भनाइ छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार