नेकपा एमाले रूपन्देही द्धारा ‘मिसन ग्रासरुट’ अभियान सुरु

नेकपा एमाले रूपन्देहीले ‘मिसन ग्रासरुट’ अभियान मङ्गलबारदेखि सुरु गरेको छ ।

एमाले जिल्ला कमिटी रूपन्देहीले मिसन ग्रासरुट अभियानको पहिलो कार्यक्रम अन्तर्गत मंगलबार कार्यकर्ताहरुलाई प्रशिक्षणात्मक अभिमुखीकरण गरेको अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिनुभयो । तिलोत्तमा ३ शङ्करनगरमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश कमिटी इन्चार्ज छविलाल विश्वकर्माले प्रशिक्षण दिंदै वडा र टोलसम्म पार्टी संगठन विस्तार गर्न निर्देशन दिनुभयो ।

संविधानले व्यवस्था गरेका उपलब्धीहरुको पक्षमा पार्टी प्रतिवद्ध रहेको भन्दै विश्वकर्माले संघीयता,गणतन्त्र र धर्मनिरपेक्षताविरुद्ध उठाइएका आवाज र भ्रमको पछि नलाग्न निर्देशन दिनुभयो । कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य बैजनाथ चौधरी, पार्टी केन्द्रीय सल्लाहकार समितिका सदस्य गोपाल भट्टराई, पार्टी जिल्ला अध्यक्ष तेजेन्द्र केसी, उपाध्यक्ष जगेश्वरदेवी चौधरी, सचिव यज्ञ गैरे, प्रचार विभाग प्रमुख हितराज पन्थी लगायतले ग्रासरुट अभियानले पार्टीलाई सुदृढ र पहिलो पार्टी बनाउन योगदान पुराउने भएकाले सबैको सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरे र अर्का सदस्य सेरोज फदकी लगायतको उपस्थिति रहेको थियो । २ महिने अभियानमा पोलिटब्युरो र केन्द्रीय कमिटीका ७ जना नेता १६ वटा पालिकामा खटिने छन् ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार