निर्वाचन आयोग द्धारा राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक

काठमान्डौ १०, फागुन । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले बुधबार ८८१ जनाको नामावली सार्वजनिक गरेको हो ।

यसमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम समावेश छ । चितवन–२ रिक्त रहेको छ भने सांसदद्वय टेकबहादुर गुरुङ र अरूणकुमार चौधरीको नाम नामावलीमा समावेश छैन । बुधबार नै मध्यान्ह्र १२ बजेदेखि ३ बजेसम्म मतदाता नामावली उपर निवेदन तथा उजुरी दिन सकिने थियो ।अव त्यसमा बिहीबारसम्म दाबी विरोधको उजुरी दिन सकिनेछ ।

दाबी विरोधबाट मतदाताको नाम, थर, उमेर, पद सच्याउन र नाम छुटेमा समावेश गर्न सकिनेछ । उजुरीमाथिको छानबिन गरी शुक्रबार दिउँसो ४ बजे अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगको कार्यक्रम छ । शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ ।

राष्ट्रपति निर्वाचन भने फाल्गुण २५ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ  । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा समेत विद्युतीय मतदान उपकरण (इलेक्ट्रोनिक भोटिङ मेसिन ‘इभीएम’)को प्रयोग नहुने समेत निर्वाचन आयोगले बताएको छ ।

 

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार