तिलोत्तमा नगरपालिकामा घुम्ति बैठक सम्पन्न

बुटबल १० फागुन । रूपन्देहीका १६ स्थानीय तहहरु र जिल्ला समन्वय समिति बुधबार तिलोत्तमा नगरपालिकामा घुम्ति बैठक सम्पन्न भएको छ । बैठकमा जनप्रतिनिधिहरुले छाडा चौपायाको ब्यवस्थापन मुख्य चुनौती रहेको बताउनुभएको छ । जिल्लाका १६ वटै स्थानीय तहको संयुक्त प्रयासबाट मात्र छाडा चौपाया ब्यवस्थापन गर्न सकिने बैठकले निष्कर्ष निकालेको छ ।

खुल्ला सीमा र दुध दिन छाडेपछि सडकमा गाई छाड्ने प्रवृत्तिले गर्दा सवारी दुर्घटनादेखि कृषकको बालिनालीमा क्षति पुग्ने गरेको उनीहरुले बताएका छन । तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाणले छाडा चौपाँयाको ब्यवस्थापनको लागि भन्दै नगरमा २ वटा गौशाला सञ्चालन गरिएपनि अझैं नियन्त्रण हुन नसकेको गुनासो गर्नुभयो ।

बैठकमा सैनामैना नगरपालिकाका प्रमुख फडिन्द्र प्रसाद शर्मा,सिद्धार्थनगर नगरपालिकाका प्रमख ईश्तियाक अहमद खान, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल , लगायतले खुल्ला सीमाका कारण पनि छाडा चौपायाँ बढ्दै गएको बताउनुभयो ।

छाडा चौपाया ब्यवस्थापन , विद्यालयको मावितहको कक्षा एकै समयमा सञ्चालन , खानेपानी संस्था दर्ताको लागि कानून निर्माण , विपत्त ब्यवस्थापन लगायतका एजेण्डामा समेत छलफल भएको बैठकमा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेयले पालिकाहरुका बिचमा समन्वयनकारी भूमिका खेल्दै समस्याहरुको सामाधान गर्न सुझाव दिनुभयो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार