खानेपानी तथा सरसफाइ उपभोक्त महासङ नेपाल रुपन्देहीको तेस्रो जिल्ला अधिवेसन सम्पन्न

खानेपानी तथा सरसफाइ उपभोक्त महासङ नेपाल रुपन्देहीको तेस्रो जिल्ला अधिवेसन सम्पन्न भएको छ ।

सस्थाका अध्यक्ष ध्रुब कुमार धितालको अध्यक्षता, तथा जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमकान्त चापागाईंको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि चापागाइले संघ सस्थाहरु बिधि पद्धतिमा चल्नुपर्ने भन्दै अवैधानिक रुपमा सञ्चालित संस्थाहरुलाई जतिसक्दो छिटो बैधानिक रुपमा सञ्चालनमा आउन आग्रह गर्नुभयो ।

त्यस्तै खानेपानि महासंघ  प्रदेश सम्योजक थानप्रसाद गैरे, संघीय खानेपानी सिनियर डिभिजन इन्जिनियर बिनोद भुर्तेल, खानेपानी डिभिजन प्रमुख गुणाणिधि पोखरेल, कन्हैयालाल कसौधन लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

अध्यक्ष ध्रुब कुमार धितालले अध्यक्षको बार्षिक प्रतिबेदन र कोषाध्यक्ष कल्पना आचार्यले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा आन्दबन शंकरनगर खानेपानीका अध्यक्ष केसब न्यौपानेको स्वागत र सचीव यम बहादुर पछाइको सञ्चालनमा सम्पन्न भएको थियो ।

अधिवेसनले ध्रुव कुमार धितालको अध्यक्षतामा १५ सदस्य जिल्ला कार्यसमिति चयन गरेको छ जस्को उपाध्यक्ष कल्पना आचार्य, सचिव कृष्ण प्रसाद कंडेल, सहसचिव देवि न्यौपाने र कोषाध्यक्षमा कमला ज्ञवालि सहित सदस्यमा १०जना चयन हुनु भयको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार