नेपाल मगर संघ सैनामैना नगर समितिको आयोजनामा तिनदिने विविध खेलकुद तथा सास्कृतिक कार्यक्रम सुरु

नेपाल मगर संघ सैनामैना नगर समितिको आयोजनामा बिबिध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन भएको छ ।

सस्थाका अध्यक्ष निरबहादुर पुलामिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सैनामैना नगर प्रमुख फणीन्द्र प्रसाद शर्माले खेल सस्ंकार र बिकास साथै अनुसासन हाम्रो पहिचान भएको बताउनुभयो । कार्यक्रममा बिशिस्ट अतिथि नगर उपप्रमुख बिना राना, सैनामैना नगरपालिका प्रशासकिय प्रमुख जनक थापा,वडा नम्बर ३ का अध्यक्ष तामबहादुर पुर्जा लगायतको उपस्थिति रहेको थियो ।

संस्थाका उपाध्यक्ष प्रेम सुमरे मगरको स्वागत तथा सचिब राधा सिंजालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा शनिबार पुरुष भलिबल, महिला भलिबल, पुरुष बास्केटबल टेकवान्डो खेल सुरुभयका छन भने आर्चरि(तिर हान्ने)खेल सम्पन्न भएको छ ।

नगर स्तरिय आर्चरिखेलमा ७ टिमको सहभागिता रहेको थियो।नगरस्तरीय आर्चरि खेलमा छन्त्याल आचरि कल्ब प्रथम हुँदै नगद २५ हजार प्राप्त गरेको छ भने, द्धितीय देबदह धनुष बाण क्लबले रु १५ हजार र तृतीय सैनामैना आचरि कल्बले नगद १० हजार प्राप्त गरेका छन । अन्य खेल पुरुष भलिबल, महिला भलिबल,बास्केटबल टेकवान्डो आइतबार र सोमबार सम्म चल्नेछ्न भने १५ गते मगर दिबसकादिन मुर्गियामा भब्य मुलसमारोह हुनेछ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार