एमालेमाथि चारैतर्फबाट घेराबन्दी भयो: भट्टराई

फागुन१७, रुपन्देही। नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले एमालेमाथि चारैतर्फीबाट घेराबन्दी भएको बताउनुभएको छ ।

देशी–विदेशी शक्तिहरु मिलेर पार्टीलाई घेराबन्दीमा पारेपनि सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनले नै एमालेलाई परास्त पार्न सकिँदैन भन्ने कुरा स्पष्ट पारेको दाबी गर्नुभयो । नेकपा एमाले नेताका कारण नभई जनता र कार्यकर्ताहरुको योगदानले निर्माण भएको दाबी गर्दै उनले विपक्षीहरुले जतिसुकै कमजोर बनाउन खोजेपनि थप सशक्त भएर जनतामा जाने उल्लेख गर्नुभयो ।

एमालेले सुरु गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत बुधबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय हितका लागि एमाले जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको बताए । गत निर्वाचनको मत परिणाम लगायतका विषयलाई गम्भीर रुपमा समीक्षा गर्दै आवश्यक कुराहरुलाई सुधार गरेर अघि बढ्नुपर्ने उनले बताए ।

कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य बैजनाथ चौधरीले एमालेलाई सिध्याउन लाग्ने शक्तिहरूका बीच आगामी निर्वाचनमा झन ठूलो र पहिलो दल बन्ने गरी लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशन गर्नुभयो । विगतका कमीकमजोरीहरुलाई सुधार गर्दै टोल, वडा तथा नगरहुँदै माथिल्लो तहसम्म पार्टी सुद्धिकरणको अवाश्यकता आंैल्याउनुभयो ।

एमाले बुटवल नगरकमिटीका अध्यक्ष किसन ज्ञवालीको अध्यक्षतामा र मेघराज भट्टराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा एमाले रुपन्देही जिल्ला अध्या तेजेन्द्र केसीले एमाले निकट जन संगठनहरुलाई समेत थप व्यवस्थित र संगठित गर्न आवश्यक रहेको बताउनुभयो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार