सिद्धान्त र व्यवहार मिलाउन सकेमा मात्र गुणस्तरीय शिक्षा हुने: कोइराला

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले सिद्धान्त र व्यवहार मिलाउन सकेमा मात्र गुणस्तरीय शिक्षा हुने बताउनुभएको छ ।

एनसिआई नेपालले बुधबार बुटवलमा आयोजना गरेको प्रदेशमा नयाँ सरकारः शिक्षालाई प्राथामिकता कति भन्ने छलफल कार्यक्रममा बोल्दैे शिक्षकहरुले अहिले अपनाएको पठन पाठकको तरिका शिक्षामा काम नगर्ने अवस्थामा पुगेको उल्लेख गर्नुभयो । अब विद्यार्थीले किताबमा उत्तर खोजेर नभई अनुसन्धान र प्रकृतिसँग जोडन चिन्तन गर्ने गरी सिकाई आवश्यक रहेकोमा जोड दिनुभयो ।

अबको विद्यार्थी अन्तर पुस्ताको ज्ञान सिकेको हुनुपर्छ’ कोइरालाले भने, ‘जो प्रश्न गर्न र आफै अनुसन्धानमा लाग्छ त्यही विद्यार्थी अब्बल हुन्छ । प्रश्न सोध्दा शिक्षक र अभिभावकले झर्को मान्नु हुँदैन । उनले शिक्षामा आर्थिक क्षमता भएकासँग शुल्क लिने र नहुनेसँग लिन नहुने नीतिका साथ अगाडि बढनुपर्ने बताए । युरोप, अमेरिकामा पनि हुनेसँग शुल्क लिन्छन नहुनेसँग लिँदैनन ।

यहाँ पनि शुल्क नभई करको रुपमा क्षमता भएका अभिभावकबाट शुल्क लिएर अगाडि बढनुपर्नेमा कोइरालाको जोड थियो । सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र शर्माले आवश्यकताका आधारमा शिक्षामा काम गर्ने गरी अगाडि बढेको बताउनुभयो । उहाँले शिक्षालाई आफूले सधै प्राथामिकतामा राखेको बताउनुभयो ।

एनसिई नेपालका महासचिव सुदर्शन सिग्देलले आफूहरुले शिक्षामा देखिएका नीतिगत कमजोरीलाई औलाउँदै सरकारले सुझाव दिँदै आएको बताए । उनले शिक्षामा तीन तहका सरकारले बजेट कम विनियोजन गर्ने गरेको बताउँदै यसलाई वृद्धि गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रमका अवसरमा लुम्बिनी साँस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजन,शिक्षा पत्रकारका समूहका अध्यक्ष कृष्ण मल्ल ,हरि अधिकारी,पत्रकार रिमा बिसी लगायतले मन्तव्य राख्नुभएको थियो ।

 

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार