आइतबारको खेलमा जवई स्पोर्टिंग क्लब, सालघारी बिजयी

आइतबार सम्पन्न पहिलो चरणको दोस्रो खेलमा भू पु सैनिक जवई स्पोर्टिंग क्लब, सालघारीले लिस्नु युवा क्लब कोटिहवालाई २ का बिरुद्ध ३ गोल गरि बिजयी भएको छ ।

झरना स्पोर्टस क्लबको आयोजनामा शनिबारदेखि शुरु ३५ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको निकै रोमाञ्चक बनेको खेलमा दुबैतर्फका खेलाडी उत्तिकै सक्रिय रहेका थिए। खेलमा भू पु सैनिक जवई स्पोर्टिंग क्लबका सरोज दर्लामी म्यान अफ द म्याच घोषित संगै नगद तिन हजार प्राप्त गरेका थिय।

खेल तिलोत्तमा नगरपालिका–६ कुञ्जलापुर उमा आधारभूत विद्यालयको खेलमैदानमा भैरहेको छ । सोमबारको खेल फर्साटिकर एफ.सी. फर्साटिकर र कपिलवस्तु ११ बीच प्रतिष्पर्धा हुने आयोजक झरना स्पोर्टस क्लबका अध्यक्ष गङ्गा प्रसाद रानाले जानकारी दिए ।

खेल हरेक दिन दिउँसो ३ बजेदेखि सुरु हुने र खेल अबलोकन गर्न आउने महिला, वृद्धवृद्धा, अपांगता भएका र अशक्तलाई निःशुल्क प्रवेशको व्यवस्था गरियको क्लबका अध्यक्ष गङ्गा प्रसाद रानाले जानकारी दिनुभयो। खेल असोज २८ गते सम्म चल्नेछ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार