मिस डाइमण्ड नेपाल २०२३ को ताज आरोही बस्नेतलाई

रुपन्देही । मिस डाइमण्ड नेपाल २०२३को ताज आरोही बस्नेतले जितेकी छन । साहसी कदम नेपालको आयोजनामा बुटवलमा भएको प्रतियोगितामा ११ जना प्रतिस्पर्धामा बस्नेत बिजयी हुन सफल भएकि हुन।

सोमबार भएको ग्रान्ड फिनालिमा आरोहीले ताज जितेकी छन भने मिस डाईमण्ड एम्बासडर पृस्किला शाहीले जितेकी छन । यस्तै मिस डिभा नेपाल ईशा नेपाल , मिस क्रीस्टल नेपाल अरुणिमा शुनार र मिस रेन्बो नेपाल रियन्का न्यौपानेले जितेकी छन ।

विजेताले क्रमशः २० हजार, १५ हजार, ५÷५ हजार नगद सहित विभिन्न विधामा सम्मान प्राप्त गरेका छन । चौथो संस्करणको रुपमा आयोजना भएको प्रतियोगितामा देशभरबाट यौनिक तथा लैगिङ्ग अल्पसंख्य समुदायबाट ११ जनाले अन्तिम प्रतिष्पर्धा गरेका थिए ।

साहसी कदम नेपालका अध्यक्ष आनिक राना लगायतले सम्मान एवम् पुरस्कार वितरण गर्नुभएको कार्यक्रम संयोजक अवन्तिका घर्तीले जानकारी दिनुभयो । कार्यक्रममा तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्व्री देबि चौधरीले यौनिक तथा लैंङ्गिक अल्पसङ्ख्यक समुदायको संरक्षण र क्षमता अभिबृद्धि गर्नको लागि नगरपालिका सधै तयार रहेको बताउनुभयो ।

उहाँले रोजगारमूलक क्षेत्रमा काम गर्न आग्रह गर्नुभयो । साहसी कदम नेपालका अध्यक्ष आनिक रानाले ‘सिंगल बट स्ट्रोङ्ग’ भन्ने नाराका साथ प्रतियोगिता गरेको र आगामी दिनमा पनि यौनिक तथा लैंगीङ्गक अल्पसंख्यकहरुको सामाजिक पहिचानको उदेश्यले प्रतियोगिता आयोजना गरिने बताउनुभयो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार