छैठौैँ खेलमा आयोजक झरना क्लब विजयी

तिलोत्तमा । रूपन्देहीको कुञ्जलापुरमा जारी ३५ औँ झरना रनिङशील्ड फुटबल प्रतियोगितामा पहिलो चरणको छैठौैँ खेलमा बिहीबार आयोजक झरना क्लब विजयी भएको छ ।

उमा आधारभूत विद्यालय कुञ्जलापुरमा जारी प्रतियोगितामा आहाना फुटबल क्लबलाई ५–२ ले पराजित गर्दै झरना स्पोर्टस् क्लब विजयी भएको हो । खेलमा झरनाका लागि विक्किी चाम्लिङ राईले ४ गोल र सन्दिप रानाले १ गोल गर्नुभयो भने आहानाका लागि समीर श्रेष्ठले १ र जोर्डन मगरले १ गोल गर्नुभएको थियो ।

प्रतियोगिताअन्तर्गत शुक्रबार हुने खेलमा जनज्योति युवाक्लब डिङ्गरनगर र बहुजातीय एकता समाज मडाहाबिच प्रतिस्पर्धा हुने आयोजक झरना क्लबका अध्यक्ष गंगा रानाले जानकारी दिनुभयो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार