बुटवलमा पौराणिक भैरव नाच प्रर्दशन

बुटवल । बुटवलमा पौराणिक भैरव नाच प्रर्दशन गरिएको छ । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीले अर्घाखाँची नेवा समाजको सहकार्यमा भैरव नाच प्रर्दशन गरेको हो ।

नाँचको शुभारम्भ गर्दै संघका प्रमुख सल्लाहकार माधव नेपालले हाम्रो देश बहुधार्मिक, बहुसाँस्कृतिक, बहुभाषिक भएको भन्दै यसको प्रचारप्रसार र संरक्षणमा सबै लाग्नुपर्ने बताए । उनले आगामी दिनहरुमा आफुहरु यो अभियानमा सहकार्य गर्दै ब्यवस्थित रुपमा आयोजना गर्ने प्रतिवद्घता जनाए ।

संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले लोपोन्मुख नृत्यलाई जगेर्ना र ब्यवसायिक रुपमा अघि बढाउन जरुरी रहेको बताए । पर्यटकलाई आर्कषित गर्ने गरि थप सहकार्य गर्न आफुहरु तयार रहेको उनले बताए ।

सम्पर्क समाजका अध्यक्ष बाबुराम श्रेष्ठले तान्त्रिक विधिबाट पनि यो नाच महत्वपुर्ण रहेको बताए । यो नृत्यमा रक्तभैरव, स्वतभैरव, कालभैरव र एक परि गरि चार जना कलाकारहरुले बाजाको ७ तालहरुमा आर्कषक नृत्य गर्ने गर्ने उनले जानकारी दिए ।

नेवाः समुदामयमा दैवीप्रकोप रोक्न भैरवको पुजा गर्न अनिवार्य मानिन्छ । काठमाडौं उपत्यकाका बिभिन्न टोलहरुमा मानिसहरुलाई रोगब्याधी नहोस् र देशमा शान्ति होस भन्ने कामनाका साथ प्रत्येक वर्ष यो नृत्य आयोजना गरिने प्रचलन रहेको छ ।

संघका अध्यक्ष लेखनाथ भण्डारीले रुपन्देहीमा भित्रने पर्यटकलाई हाम्रो आफनै कला, संस्कृति र मौलिक परम्पराहरुबाट जोड्ने गरि कार्यक्रम चलाउने योजना अनुसार अभियान शुरु गरिएको जानकारी दिए । बुटवल कालिकापथको इट्टभट्टीमा प्रदर्शन गरिएको नृत्यमा ठुलो संख्यामा दर्शकहरु उपस्थित भएका थिए ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार