भूकम्पबाट अति प्रभावित क्षेत्रमा स्वास्थ्यसामग्री सहित घटना स्थलमा

जाजरकोट । शुक्रबार मध्यरातमा गएको भूकम्पबाट अति प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा आवश्यक उद्धार कार्यका लागि रुपन्देहीको गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौड्याल र रुपन्देही क्षेत्र नम्वर ५ का संघिय सामंसद माननिय बासुदेब घिमीरे स्वयंम स्वास्थ्यसामग्री खाद्यान्न लता कपड़ा सहित आवश्यक सामग्री सहित घटना स्थलमा पुग्नु भएको छ ।

गैडहवा गाउँपालिकाको आइतबार बिहान बसेको आकस्मिक बैठकबाट गाउँपालिका उपाध्यक्ष माधुरी जैसवाल प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी वडा न १ देखि ९ सम्म का वडा अध्यक्ष कार्यपालिका सदस्यहरुको बैठकले निर्णय गरी उक्त क्षेत्रमा आवश्यक सहयोग गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीले जानकारी दिनु भयो

यस्तै संघीय सांसद बासुदेव घिमिरे गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेल लगाएत जनप्रतिनिधि कर्मचारीले यस्तो बेलामा देशका हरेक स्थानीय तह, जनप्रतिनिधिहरुले सक्दो हातेमालो गरेर क्षतिग्रस्त क्षेत्रका नागरिकहरुलाई सान्त्वना दिन र उपचार गरी उद्धार गर्न आवश्यक रहेको बताउनु भयो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार