बुटवलमा उत्पादनमा आधारित अनुदान हस्तान्तरण

बुटवल । बुटवल १५ मा उत्पादनमा आधारित प्रोत्साहन अनुदान हस्तान्तरण गरिएको छ। तरकारी, फलफूल र मसला खेतीका लागि बुटवल उपमहानगरपालिकाले वडा नं १५ का २ वटा संस्थालाई नगर प्रवक्ता तथा वडा नं १५ का अध्यक्ष शिव रानाले अनुदान हस्तान्तरण गरे।

अनुदान हस्तान्तरण गर्दै प्रवक्ता रानाले कृषि उत्पादनमा आधारित अनुदानले बुटवलमा खेतीपातीमा किसानलाई आकर्षित गर्न बल पुगेको बताए। ‘कृषिमा उत्पादकको माग, नगरको साथ, कृषि विकासमा के पाइन्छ होइन के चाहिन्छ’ भन्ने वार्षिक नीति अनुसार मागमा आधारित २२ वटा योजना छनोट गरी अनुदान हस्तान्तरण गरिएको कृषि शाखा प्रमुख सन्तोष जिसीले जानकारी दिए।

उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम अन्तरगत कोशेबाली, तेलहन, पुष्प खेती, पिडालु, प्याज तथा मौरीपालनतर्फ अनुदान दिइएको हो। यस्तै कृषि विकास कार्यक्रमअन्तरगत वार्षिक न्युनतम ५ मेट्रिक टन बिक्री वितरण तथा कारोबार सञ्चालन गरेका संस्थाहरुलाई दिने बुटवल जैविक कृषि उपज सहकारी संस्था बुटवल १५ र सिम्रिक कृषि सहकारी संस्था लि बुटवल १७ लाई धान र गहुँको मूल बीउ उत्पादक ६० जना किसानहरुलाई अनुदान दिइएको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार