लुम्बिनी प्रदेशका १३ अस्पतालका विकास समिति अध्यक्ष नियुक्त

बुटवल । स्वास्थ्य मन्त्रालयले लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति अध्यक्ष नियुक्त गरेको छ । यहाँका दुईवटा प्रादेशिक अस्पताल र ११ वटा जिल्ला अस्पतालको विकास समिति अध्यक्ष टुंगो लगाइएको शाखा अधिकृत अमरबहादुर वलीले जानकारी दिए ।

दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा बबई गाउँपालिका ४ का दीपक शाह र लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा जीवन प्रसाद श्रेष्ठलाई मनोनित गरिएको हो ।

त्यस्तै प्यूठान अस्पतालको अध्यक्षमा सुवास केसी, रोल्पा अस्पतालमा शेरबहादुर थापा, गुल्मी अस्पतालमा ढुण्डिराज पोख्रेल, रामपुर अस्पताल पाल्पामा श्याम कान्त खनाल, अर्घाखाँची अस्पतालमा लिलाधर बस्याललाई अध्यक्षमा मनोनित गरिएको छ ।

त्यस्तै कपिलवस्तु अस्पतालमा शिवलाल यादव, भिम अस्पताल भैरहवामा डा. अनन्त कुमार शर्मा, पाल्पा अस्पतालमा चोपलाल गिरी, रुकुमपूर्व अस्पतालमा सुनिलकुमार रोका, पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा दुलारी हरिजनलाई मनोनित गरिएको हो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार