रोसन नेपाल स्मृति प्रतिस्ठानको दशौ स्मृति दिवस तथा साधारणसभा सम्मपन्न

बुटवल । रोसन नेपाल स्मृति प्रतिस्ठानको दशौ स्मृति दिवस, साधारणसभा विधार्थिहरुलाइ छात्रवृत्ति वितरण तथा विभिन्न सम्मान कार्यक्रम सनिवार बुटवल कालिका मानवज्ञान मा. वि मा सम्मपन्न भयको छ।

रोसन नेपाल स्मृति प्रतिस्ठानका अध्यक्ष ऋषिराम भुषालको अध्यक्षता र प्रा. डा. रामचन्द्र आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले छोरा रोसनको अमेरिकामा देबसान पस्चात बाबा छवि नेपालले स्मृति प्रतिस्ठानको परिकल्पना गर्नु भएकोे र त्यसमा आफु पनि पारिवारिक सम्बन्धमा रहेको र पछिबाट रोसन नेपाल स्मृति प्रतिस्ठानमा जोडीने अबसर मिलेको स्मरण गर्दै यो सस्थाले प्रदान गर्ने छात्रवृत्ति प्राप्त गर्ने उत्कृष्ट बिद्यार्थीहरुले नयाँधारको शिक्षा प्राप्त गरि देश बिकासमा उच्चा काम गर्न सकुन र नेपालको लागि सच्चा, इमानदार, कर्मठ र उदाहरणिय काम गरुनु सदा सर्बदा नेपाल र नेपालिको भलो चिताउने र राष्ट्रको हितमा काम गर्ने ब्यति बन्नेमा आफु विश्वस्त रहेको बताउनु भयो।

सोहि अबसरमा रोसन स्मृतिका संरक्षक छबि नेपालको निधनले झन यो नेपाल परिवारमा र रोशन नेपाल स्मृति प्रतिठनमा र ठुलो बज्रपात परेको बताउनु भयो। कार्यक्रममा बोल्ने बक्ताहरुले रोसन नेपाल होनहार युवा रहेको र अमेरिकामा अध्ययन सक्काय पस्चात जागिर प्रारम्भ गर्दै गर्दा सडक दुर्घटनामा परि उहाको निधनले पारिवारि क्ष्यति मात्रै नभै सिङ्गो राष्ट्रको लागि क्ष्यति भएको बतायका थिए ।

रोशन नेपालले पुलचोक इन्जिनियरिङ क्याम्पसमा अध्ययन गरेका थिए। काठ्मान्डौ इन्जिनियरिङ क्यामपस पुलचोकमा अध्ययनरत एक जना विधार्थिलाइ छात्रवृत्ति प्रदान गर्ने उदेश्यले तिनलाख छात्रवृत्ति अक्षयकोष हालै मात्रै स्थापना गरिएको र रुपन्देहीका सामुदायिक तथा सस्थागत बिधालयका गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाइ छात्रवृत्ति प्रदान गर्दै आयको संरक्षक साबित्री नेपालले जानकारि दिनु भयो।

रोशन नेपाल स्मृति प्रतिष्ठान खुल्ला सस्था रहेकोले सबैलाई सदस्य बन्न आग्रह गर्नु भयको छ। कार्यक्रममा छवि नेपाल स्मृति पुरस्कारबाट कौशलराज बस्याललाइ पुर्व अध्यक्ष प्रा. डा. रामचन्द्र आचार्य पुर्व सचीव कृष्ण प्रसाद नेपाललाई सम्मान गरियको थियो भने सामुदायिक बिधालयमा अध्ययनरत बिद्यार्थीहरु यस. इ. इ. मा उत्कृष्ट अन्क ल्याउने जनजागृति मा.बि.का रोजिना पौडेल र हरैया मा. बि. का समुन्द्र ढुंगाना र सस्थागत बिधालयमा अध्ययनरत बुटवल पब्लिकका बैभब क्षेत्री, प्रभात आवासीय मा. बि. का प्रशान्त भट्टराई सम्मानित भयका हुन ।

सस्थागत सदस्यता प्राप्त बिधालयका सिद्धार्थ बोडिङका नविन पान्डे, महाबिर इङलिस स्कुलका राजिब अग्रहरि, उजिर सिहं माविका रोषन खत्री र प्रिन्सकला सुनारलाइ नगद सहित सम्मान गरियको थियो। कार्यक्रममा रामचन्द्र आचार्य, कौशल राज बस्याल,भानु माविका प्र.अ. मोतिलाल सुबेदि, सम्मानित बिद्यार्थीको तर्फबाट समुन्द्र ढुंगाना लगायतले मन्त्ब्य राखनु भयको थियो। कार्यक्रमको स्वागत उपाध्यक्ष रामलाल श्रेष्ठ र सन्चाल मोहन दास शर्माले गर्नु भयको थियो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार