बुटवल उपमहानगरपालिका द्धारा गाईपूजा सम्पन्न

बुटवल उपमहानगरपालिकाले शिवनगर सामुदायिक बनमा रहेको तिलोत्तमा खस्यौली बहुउद्देश्यीय धार्मिक पर्यटकीय गौशाला ( नन्दनी) मा गाईपूजा गरेको छ । तिहारको अवसरमा जनप्रतिनिधि , गौंसंरक्षण अभियान्ता तथा स्थानीयहरुको सहभागितामा विधिपूर्वक गाईपूजाको आयोजना गरिएको हो ।

उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले गाईको संरक्षणको लागि स्थानीय तह आफैले नै गाईपूजाको आयोजना गरेको बताउँदै तिहार लगत्तै छाडाचौपायाको ब्यवस्थापन बुटवलमा सुरु हुने दाबी बताउनु भयो । गाई संरक्षणको लागि उपमहानगरपालिकाले ३ वटा गौशालालाई बजेट छुट्टाएको बताउँदै पाण्डेयले एक महिने अभियान संचालन गरेर सडकमा रेहका गाईगोरुलाई गौशालामा ल्याईने जानकारी दिनुभयो । खुल्ला सीमाना र तस्करका कारण छाडाचौपायाँको संख्या सडकमा बढ्दै गएकाले नियन्त्रणको आवश्यकता रहेकोमा जोड दिनुभयो ।

गौसंरक्षण अभियान्ता योगि सोमराज महाराजले गाईगोरुको तस्कर हुँदा छाडाचौपाको समस्या देखिएको बताउँदै प्रशासनले तस्करी रोक्न सके सडकमा छाडाचौपायाँ नियन्त्रण हुने दाबी गर्नुभयो । गाईको संरक्षण गर्न सके मानवको रक्षा हुने बताउँदै उहाँले स्वस्थ्य जीवन यापनको लागि गाई पालनको आवश्यकता रहेकोमा जोड दिनुभयो । धरती र आहारलाई शुद्ध बनाउनको लागि गाईको आवश्यकता रहेको बताउँदै गाईलाई कृषि र आयुर्बेदसँग जोड्नु पर्ने बताउनु भयो ।

उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालले गाईको पूजासँगै संरक्षणमा जुट्नको लागि सबैलाई आग्रह गर्नुभयो । थोरै बजेट र जनशिक्तले मात्र छाडाचौपायाको नियन्त्रण हुन नसक्ने बताउँदै सबै मिल्न सके मात्र छाडाचौपायालाई नियन्त्रण गर्न सकिने बताउनु भयो । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले स्थानीय तह एक भए मात्र दीगो रुपमा छाडाँचौपायाको नियन्त्रण गर्न सकिने बताउनु भयो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार