राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव–२०८० सुरु

तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा आजबाट तिलोत्तमाको मणिग्राममो तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव–२०८०’सुरुभएको छ ।

मेलाको उद्घाटन गर्दै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य डा. चन्द्र भन्डारीले स्थानीय उत्पादनको प्रवद्र्धन तथा व्यावसायीकरणका निम्ति मेला र महोत्सवहरू फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले युवा पलायन रोक्नुपर्नेमा जोड दिँदै तिलोत्तमा नगरलाई शिक्षा, स्वास्थ्य र आइटिक्षेत्रको हब बनाउनुपर्ने बताउनुभयो ।

तिलोत्तमा उद्योग वाणिज्य सङ्घ रुपन्देहीका अध्यक्ष गुणनिधि भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले आर्थिक क्षेत्रमामा देखिएको मन्दी हटाउनलाई मेला महोत्सवले सहयोग पूग्ने बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक उमाकान्त चापागार्इँ, बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डे, तिलोत्तमा, नगरप्रमुख रामकृष्ण खाँड, उद्योग वाणिज्य सङ्घ बुटवलका अध्यक्ष हरि अर्याल, तिलोत्तमा चेम्बरअफ कमर्सका अध्यक्ष बाबुलाल भुसाल, उद्योग ब्यापार सङ्गठनका अध्यक्ष प्रेम जि एम, विभिन्न राजनैतिक दलका प्रतिनिधि ,संङ्घ संस्थाका प्रतिनिधि लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै तिलोत्तमा उद्योग वाणिज्य सङ्घ रुपन्देहीका अध्यक्ष गुणनिधि भण्डारीले निजी क्षेत्र राष्ट्रको मेरूदण्ड भएपनि आर्थिक मन्दी तथा बैंकको बढ्दो ब्याजदरका कारण व्यवसायीहरू पलायन हुने अवस्था आइपुगेको उल्लेख गर्नुभयो । उहाँले राज्यले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन गरी राष्ट्रिय उद्योगहरूलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

ज्ञानेन्द्र कार्कीको स्वागत तथा महासचिव राजकुमार पाण्डेको सञ्चालनमा सम्पन्न मेला उद्घाटन पूर्व मेला सचिवालयबाट आमा समूह, क्लब, संघ संस्था , टोल बिकास संस्थालगायतको सहभागितामा विभिन्न जात जातिको भेष भुषा र झाकी सहित प्रभात फेरि कार्यक्रम आयोजना गरिएको थियो ।

प्रभात फेरि कार्यक्रम मेला सचिवालयबाट कफि कम्पनी, मणिग्राम चोक, कृमसन अस्पताल हुँदै मेला सचिवालयमा समापन गरिएको थियो । प्रभात फेरि कार्यक्रममा उल्लेख्य सहभागिता रहेको मेला आयोजक मुल समितिका संयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गुणानिधी भन्डारी (माधव)ले बताउनु भयो । मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी एवं बिक्री हुने मेलामा बिभिन्न प्रकृतिका ३०० स्टलहरू रहेका छन् । मेला मंसिर १२ गतेसम्म सञ्चालन हुनेछ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार