गैडहवा गाउँपालिकामा लाग्ने छठ पर्व मेलाको तयारी पूरा

रूपन्देहीको गैडहवा गाउँपालिकामा लाग्ने छठ पर्व मेलाको तयारी पूरा भएको छ । जिल्लाको गैडहवा गाउँपालिका–६ सुर्यपुराको दानव नदी किनार स्थित सन्तेश्वर घाटमा लाग्ने मेलाको तयारी पुरा भएको पत्रकार सम्मेलनमार्फत गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्यालले जानकारी दिनुभयो । उहाले दीपावलीको छैठौं दिन कृष्ण पक्षको षष्ठीको दिन छठ पर्व मनाईने परम्परा रहेको बताउनुभयो ।

उहाले परिवारको सुःख शान्ति र सन्तान प्राप्तीका लागि पर्व मनाउने परम्परा रहेको उहाले बताउनुभयो । चार दिनसम्म मनाईने पर्वमा पहिलो दिन घर सफा गरेर नुहाएर शुद्व खाना खाएर व्रत बस्ने चलन रहेको बताउनुभयो । उहाका अनुसार दोश्रो दिन परिवारका सबै सदस्यहरू निर्जल व्रत बस्ने र गुणबाट बनेको खिर खाने चलन रहेको छ ।

तेस्रो दिन बाँसले बनेको डोकोमा फलफुलसहित छठी मैयाको पूजा सामग्री लिई नदी किनार या तलाउमा अस्ताउँदो सुर्यलाई अर्घ दिने र चौथो दिन उदाउँदो सुर्यलाई अर्घ दिने र काँचो दूध र फलफुलसहितको प्रसाद ग्रहण गरेपछि व्रत सकिने प्रचलन रहेको पौड्यालले बताउनु भयो ।

मेलाका लागि पुजा समिति बनाएर स्थानीयबाट आर्थिक संकलन गरिएको र कार्यक्रम व्यवस्थित र भव्य बनाउन गाउँपालिकाले समेत आर्थिक सहयोग गरेको बताउनुभयो । दानव नदीको सन्तेश्वर घाटमा लाग्ने जिल्लाकै उत्कृषट ठुलो र भव्य मेलाले गैडहवा गाउँपालिकाको धार्मिक पर्यटन पर्वद्धनमा समेत टेवा पुग्ने उहाले कताउनुभयो ।

ईलाका प्रहरी कार्यालय सूर्यपुराले मेलाका लागि आवश्यक सुरक्षा व्यवस्था गरेको छ । मेलामा हुन सक्ने चोरी, डकैती, लुटपाट जस्ता घटना हुन नदिन सुरक्षा निकायहरू बीच समन्वय गरिएको ईलाका प्रहरी कार्यालयका प्रमुख इन्सपेक्टर दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

सन्तेश्वर घाटमा लाग्ने छठ मेलाको खर्च करिब ७ लाख लाग्ने अनुमान गरिएको दवारीका कुमार हरीजनले जानकारी दिनुभयो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार