भारतबाट आयात गरियको कुखुराको मासु बिक्रिबितरण नगर्न तिलोत्तमाको आग्रह

बुटवल । भारतबाट आयात गरियका कुखुराको मासु बिक्रि बितरण नगर्न मंगलवार एक बिज्ञप्ति जारि गर्दै तिलोत्तमा नगरपालिकाले आग्रह गरेको छ।

तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाड द्वारा हस्ताक्षर गरियको एक बिज्ञप्ति जारिगर्दै यस्तो आग्रह गरेको हो। दुइनम्बरि बाटो प्रगोग गर्दै भारतबाट अवैध रुपमा कुखुराको मासु भित्राइ बिक्री बितरण भैरहेको जानकारी नगरपालिकाको कार्यालयमा आएकोले यस्तो कार्य नगर्न नगराउन तिलोत्तमानगरपालिकाले अनुरोध गरेको हो। हलुका सवारि साधनको प्रयोग गरि (साइकल, स्कुटर, मोटरसाइकल) जस्ता साधनको प्रयोग गरि नेपाल भित्राइएका अस्वस्थ कुखुरा बिक्रीवितरण नगर्न आग्रह गरेको हो।

तिलोत्तमा नगरपालिका क्षेत्रभित्र अबैध कुखुराको मासु विक्रि वितरण गर्नेलाई कार्वाही गर्न समेत अनुरोध गरेको छ । तिलोत्तमा नगरपालिकाले त्यस्तो कार्यमा सम्लग्न जोकोहिलाइ कार्बाहि हुने प्रमुख रामकृष्ण खाणले विज्ञप्ति मार्फत जानकारि गराउनु भयको हो। यसकार्य प्रति तिलोत्तमा नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको जनायको छ।

नगर प्रमुख खाणले यस्तो मासुको प्रयोग नगर्नु नगराउनुहुन आग्रह गर्दै त्यस्तो मासुको ओसार पसार गर्ने जोकोहिलाई पक्राउ गरि सम्वन्धित वडा कार्यालय, नगरपालिकाको कार्यालय तथा नजिकको सम्वन्धित निकायमा बुझाउन सम्पूर्ण नगरवासीहरुमा आग्रह गरेको हो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार