च्याम्बर अफ कमर्सको आयोजनाम कर शिक्षा सम्मपन्न

व्यावसायिक दक्षता अभिबृद्वि र स्वरोजगार सुदृढ आर्थिक विकासका निम्ति व्यापार विस्तार: स्वच्छ पारदर्शी र प्रविधिमैत्रि कर प्रशासन सामाजिक न्याय आर्थिक समृद्धि र सुशान १२ औ राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८०को अबसरमा तिलोत्तमा चेम्बर अफ कमर्सको आयोजना र आन्तरिक राजस्व कार्यालय भैरहवाको समन्वयमा कर शिक्षा सम्बन्धि एकदिने कर प्रशिक्षण कार्यक्रम तिलोत्तमा ५ मणिग्राममा सम्पन्न भयको छ ।

तिलोत्तमा चेम्बर अफ कमर्सका अध्यक्ष बाबुलाल भुसालको अध्यक्षता र आन्तरिक राजस्व कार्यालय भैरहवाका कर अधिकृत शुशिल लम्सालको प्रमुख आतिथ्यतामा भयको कार्यक्रममा प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षक लम्सालले साना कर दाताहरुको सेवा वृद्धि गरि घर घरैमा अनलाइन सेवा मार्फत प्रदान गरि जहाँ चाहियो त्यहिबाट कर चुक्ता प्रमाण पत्र लिन सकिने ब्यबस्था मिलाएको र अब केहि समयमा ठुला कर दाताहरुलाइ पनि त्यो शुबिधा प्रदान गरिने बताउदै कर छलिलाइ रोक्न व्यावसायिहरुको ठुलो हात हुने र राजस्व कार्यालयले ब्यबसायिहरुलाइ कहिलै पनि हतोत्साहित गर्नेकाम नगरेको बताउनु भयो।

कार्यक्रमममा बोल्दै चेम्बर अफ कमर्स लुम्बिनीका महासचिव जे पि कडेलले सरकारले ल्याएको कर सम्बन्धी नितिका कारण अलमल र समस्यामा परेको बताउनु भयो । उहाले उद्योगी ब्यबसायी अझैपनी कर र राजस्वका बिभिन्न बिषयमा अनबिज्ञ रहेको र यो कर शिक्षा प्रशिक्षणबाट ब्यबसायिहरुलाइ फलदायी हुनेमा आफु बिस्वथ रहेको बताउनु भयो ।

कार्यक्रममा प्रथम उपाध्यक्ष रामचन्द्र पाण्डे द्वितीय उपाध्यक्ष नेत्रप्रसाद न्यौपाने लगात समितिका सदस्य तथा व्यावसायिक ब्यतित्वहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको संन्चालन तिलोत्तमा चेम्बर अफ कमर्सका सचिव मान बहादुर बर्माको संन्चालनमा सम्पन्न भएको थियो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार