रासायनिक र प्लाष्टिकजन्य फोहोरले माछाको संख्यामा कमी

रुपन्देही । रुपन्देहीका अधिकांश खोला नालामा जथाभावी रासायनिक र प्लाष्टिक जन्य फोहोर मिसाइएको छ । यसले जलाशयहरुमा जलीय जीव र जलचरको संख्या कम भैरहेको छ ।

वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यका साथ विश्व मत्स्य दिवसको अवसरमा माछापालक किसान र माछासँग सम्बन्धित कार्यालयहरुले हरेक वर्ष माछाका भुरा खोलामा छोड्ने गरेका छन् ।

मंगलबार जैविक बिविधताको संरक्षण गर्ने ध्येयका साथ तिनाउ खोलामा ५० हजार माछा छोडेर विश्व मत्स्य दिवस मनाइएको छ । लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले माछाका भुरा दानव खोलामा छोडेर कार्यक्रमको शुभारम्भ गरेका थिए । बाढी, पहिरो र अत्याधिक दोहनले खोलामा पानीको स्रोत घटिरहेको छ ।

यसले जलचर र जलीय जीवको संंख्यामा क्रमिक रुपमा असर गरिरहेको छ । त्यसैमा बजार र कलकारखानाबाट निस्किने रासायनिक र प्लाष्टिकजन्य फोहोर सिधै खोलामा मिसाइएको छ । यसले जलीय जीव र जलचरको जीवन चक्रमा समस्या निम्त्याएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका प्रमुख डा. प्रबेश सिंह कुँवरले बताए । पानीमा हुने प्राङ्गारिक पदार्थले फोहोर बढाउँछ । ती फोहोर माछा तथा अन्य जलचरले खाएर पानीमा शुद्धता कायम राख्छन् ।

पानीमा जीवजन्तुको कमी भए त्यो असर गुणस्तरमा आउँछ । माछा प्रशस्त भएको पानी मलिलो हुने हुँदा सिचाँईका लागि उपयुक्त मानिने मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवद्र्धन स्रोत केन्द्र, रुपन्देहीका प्रमुख महेशचन्द गुप्ताले बताए ।
अब प्रदेश सरकारले अन्य मन्त्रालयहरुको सहकार्यमा चाँडै वातावरण सम्बन्धि कार्यविधि बनाएर खोला दूषित हुनबाट रोक्ने मन्त्री भण्डारीलाल अहिरले बताए ।

वातावरणीय सन्तुलन कायम राख्न जैविक बिविधताको संरक्षण र त्यसको सदुपयोग अपरिहार्य हुन्छ । त्यसैले सबै प्राणी र वनस्पतिको वातावरणलाई सन्तुलनमा राख्न आआफ्नो भूमिका हुन्छ । रुपन्देहीमा माछा मारेर जीविका चलाउने हजारौँ परिवार छन् । माछाको संख्या कम हुँदै गएकाले खोलामा पाइने जलचरबाट आश्रित समुदायको आम्दानीको स्रोत गुमेको छ ।

उनीहरुको सहजताका लागि पनि हरेक वर्ष खोलाहरुमा माछाका भुरा छोड्ने गरिएको छ । जैविक बिविधताको संरक्षण गर्न मानव प्राणी बढी सचेत हुन आवश्यक छ । नत्र जीव, बनस्पती सबैको जीव चक्रमा गम्भीर समस्या उत्पन्न हुने विज्ञहरु बताउँछन् ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार