साना किसान कृषि सहकारि १९ औं बार्षिक साधारणसभा सम्मपन्न

प्रकाश पाण्डे
तिलोत्तमा । साना किसान कृषि सहकारी संस्था लिमिटेड, करहिया तिलोत्तमा ९ मंगलापुर रुपन्देहीको १९ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरदेबी चौधरीको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्ष झुपा पाण्डे न्यौपानेले पेश गर्नुभएको आर्थिक वर्ष २०७९ ÷ ०८० को वार्षिक प्रगति प्रतिवेदन सर्बसम्मतिले पारित भएको छ ।

सो अवसरमा लेखासमितिको प्रतिबेदन प्रस्तुत गर्दै लेखा समिति संयोजक निता अर्यालले संस्थाको हाल कुल पुँजी २८ करोड ६५ लाख २२ हजार रुपैया रहेको बताउदै सस्थाले वर्ष ७९÷०८० मा १ करोड ४८ लाख ७३ हजार खुद मुनाफा गर्न सफल भएको जानकारी दिनुभयो । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जागेश्वरदेबी चौधरीले बचत तथा ऋणको मात्रै कारोबार गर्ने सहकारीहरुको भिडमा साना किसान कृषि सहकारी संस्थाले सामाजिक तथा कृषि क्षेत्रमा लगानी प्रवाह गरिरहेकोमा खुसी ब्यक्त गर्नुभयो । साथै उहाँले आम महिला दिदीबहिनीहरुको जीवनस्तर उकास्ने काममा संस्था निरन्तर लागिरहनु प्रसंसनिय रहेको भन्दै सहकारीले आम शेयर सदस्यको जीवनस्तर उकास्ने गरि उत्पादनमैत्री क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो ।

साथै उहाँले र्सस्थालाई उत्पादनमुखी बनाउन लगानीका क्षेत्रहरु समेत बिस्तार गर्नु आजको आवश्यकता रहेको बताउदै सस्था त्यसमा सफल देखिएको भन्दै प्रसंशा गर्नुभयो । सो अवसरमा बिशिष्ट अतिथिको रुपमा तिलोत्तमा ९ का अध्यक्ष ध्रुब न्यौपाने, लुम्बिनी बिशिष्टिकृत सहकारी संघका अध्यक्ष डा खगराज शर्मा, साना किसान बिकाश लघुबित्त बित्तिय संस्थाका बुटवल प्रबन्धक गणेश भट्टराई, तिलोत्तमा नगरपालिकाका कृषि शाखा प्रमुख दोमलाल भुसाल, शेयर सदस्यको तर्फबाट दीपा शर्मा न्यौपाने लगायतले बोल्दै संस्थाले अन्य सहकारीको बीचमा आफुलाई नमुना र अब्बल बनाउन सफल भएको बताउनुभएको थियो ।

पूर्व अध्यक्ष, उपाध्यक्ष्य, सल्लाहकार, संचालक समिति सदस्यहरु, लेखा समिति, कानुनी सल्लाहकार, धितो मुल्यांकन उपसमिति, शेयर सदस्यहरु एवं कर्मचारी लगायतको सहभागिता रहेको कार्यक्रममा जेष्ठ महिला सदस्य, अधिकतम बाल बचत गर्ने बालबालिकाहरु, उत्कृष्ट व्यवशायी, सहकारीमा आबद्ध भै अब्बल काम गर्ने विभिन्न समूह लगायतलाई सम्मान गरिएको थियो ।

संस्थाका उपाध्यक्ष्य राधिका गुरुङको स्वागत मन्तब्य र प्रवन्धक शिवा पौडेल पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । प्रत्येक शेयर सदस्यलाई १८ प्रतिशत लाभांश बितरण गरेको सहकारीले यसबर्ष संस्थामा आबद्ध कारोबारी शेयर सदस्यलाई संरक्षित पुजीँ कोषबाट ३ प्रतिशत रकम फिर्ता गरि उदाहरणीय कार्य गरेको छ । संस्थामा हाल १ हजार ९ सय ८२ जना शेयर सदस्यहरु आवद्ध रहेका छन ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार