गैडहवा तालको प्रचार प्रसारका लागि भलिबल प्रतियोगिता हुने

गैडहवा । रुपन्देहीको गैडहवा तालको बिकास तथा प्रचार प्रसारका लागि दोस्रो गैडहवा गाउँपालिका अध्यक्ष कप ‘बी’ लेभल खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।

गैडहवा गाउँपालिका ४ मा अवस्थित तालको बिकासका लागि यही मंसिर २७ देखि ३० गतेसम्म ‘बी’ लेभल खुल्ला भलिबल प्रतियोगितासहित विविध साँस्कृतिक मेला आयोजना हुने भएको छ । स्थानीय शान्ति युवा क्लबले गाउँपालिका सँगको सहकार्यमा प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट एक दर्जन बढी समूहको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष टंकप्रसाद बस्नेतले जानकारी दिए । यसैगरी ३ जना मात्रै राष्ट्रिय स्तरका खेलाडीले एक समुहमा भाग लिन पाउने उनले बताए । प्रतियोगिताको विजेताले प्रथम पुरस्कार ७५ हजार नगद राशीसहित ट्रफी, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक यमप्रसाद अधिकारीले जानकारी दिए ।

यसैगरि उपविजेताले ५० हजार, तेस्रो हुने समुहले ३० हजार तथा सान्त्वता हुने समूहले २० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक अधिकारीले बताए । प्रतियोगिता सम्पन्न गर्न ८ लाख बढी खर्च अनुमान गरिएको छ । गाउँपालिका र वडा नम्बर ४ को आर्थिक सहयोगमा प्रतियोगिता सम्पन्न गर्न लागिएको हो ।

स्थानीय परम्परा झल्किने साँस्कृतिक प्रस्तुतीसहित ३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जातीय तथा परम्परागत परिकारसँगै डुङ्गा सयर पनि गर्न पाइने आयोजकले जनाएको छ । प्रतियोगिता बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले लुम्बिनीसँग जोडिएको गैडहवामा पर्यटन बिकासका लागि पनि कार्यक्रम सफल रहने उल्लेख गरे ।

रुपन्देही जिल्लाको ठुलो ताल रहेको र गैडहवा तालमा हजारौं प्रजातीका चराहरु विचरण गर्ने थलोका रुपमा रहेको बताउँदै उनले ताललाई बिकास गर्नेगरि गाउँपालिका अघि बढेको उल्लेख गरे । विश्व सिमसार क्षेत्रमासमेत सूचीकृत ताल जिल्लाकै सबैभन्दा ठूलो गैडाहवा ताल हो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार