नियमित सञ्चालनको माग गर्दै भैरहवामा विरोध प्रदर्शन

भैरहवा, २२ मंसिर । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग गर्दै भैरहवामा विरोध प्रदर्शन गरिएको छ । विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडानको माग गर्दै शुक्रबार भैरहवामा शान्तिपूर्ण जनदबाब याली तथा विरोध प्रदर्शन गरिएको सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । सिद्धार्थ सञ्जाल, रुपन्देहीको आयोजनामा भएको प्रदर्शनमा विभिन्न संघ–संस्थाहरुको सहभागीता रहेको थियो ।

देवकोटाचोकबाट सुरु भएको ¥याली बैंकरोड, मिलनचोक, नारायणपथ, बर्मेलीटोल हुँदै बुद्धचोकमा पुगेर समापन भएको थियो । ¥यालीमा सहभागीहरुले विमानस्थल सञ्चालनको माग गर्दै नाराबाजी गरेका थिए । यालीमा लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेय, संविधानसभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे के.सी., सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधिहरु, उद्योगी, व्यवसायी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि एवं नगरबासीहरुको उपस्थिति रहेको थियो ।

सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले विमानस्थलको टिकट नकाटेर आन्दोलनमा साथ दिन आग्रह गरे । उनले विमानस्थल सञ्चालनका लागि विशिष्ट व्यक्तित्वहरुलाई ज्ञापनपत्र बुझाइसकेको र माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए । उनले भने,‘आन्तरिक हवाइ उडान बन्द गर्नु अगावै हाम्रो माग पूरा होस् । नेपाली जनताको करबाट बनेको विमानस्थल हो । यसलाई सञ्चालन गर्नैपर्छ ।’

सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थल सञ्चालन हुने भनेर विमानस्थल सञ्चालन भए यहाँ पचासौं लाख पर्यटक यहाँ आउने बताए । उनले विमानस्थल नचल्दा उद्योगी–व्यवसायी दयनीय अवस्थामा रहेको बताए ।

प्रदर्शनपछि बुद्धचोकमा आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले विमानस्थल सञ्चालन नआएसम्म प्रदेश सरकारले नेतृत्व लिएर सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरे । उनले यो राष्ट्रमा नेतृत्व गर्ने व्यक्तिहरुले आन्दोलन नगरेसम्म र शक्ति नदेखाएसम्म अधिकार नदिएको बताए । उनले भने, ‘सिद्धार्थ सञ्जालले प्रधानमन्त्री, पर्यटनमन्त्री र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदा म पनि उपस्थित रहेको थिए । नेतृत्वमा रहेका व्यक्तिले काठमाडौंलाई नेपाल र नेपाललाई काठमाडौं बुझ्नु हुँदैन । ’

मन्त्री पाण्डेयले शान्तिपूर्ण आन्दोलनले नमाने प्रचण्डजी जंगल गए जस्तै भने सन्तोष पाण्डे पनि सोहीअनुसार अगाडि बढ्न सक्ने चेतावनी समेत दिए । उनले अब १२ जिल्लाका व्यक्तिहरु आन्दोलनमा सहभागी हुने बताए । उनले भने, ‘विमानस्थल पूर्ण सञ्चालनका लागि सरकारबाट हटेर भए पनि नेतृत्व गर्नुपरे गरौंला । ’

संविधानसभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले यो आन्दोलनलाई सानोतिनो नठान्न आग्रह गरे । उनले सरकारको आँखा नखुलेसम्म आन्दोलन जारी रहने बताए । नगरप्रमुख खानले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १–१ मिनेटमा उडान हुनुपर्नेमा जोड दिए । उनले भने, ‘लुम्बिनीको विकासले मात्र सरकारको विकास हुन्छ ।’ लुम्बिनी प्रदेश सदस्य देवी प्रसाद चौधरीले विमानस्थल सञ्चालनले सबैलाई लाभ हुने बताए । उनले प्रदेशमा कुरा उठाउँदा उठाउँदै पार नलागेपछि सडकमा आउनुपरेको बताए ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार