प्रसूती तथा बालबालिकाको उपचारका लागि छुट्टै ल्याव

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले प्रसूती सेवालाई थप व्यवस्थित गरेको छ । अस्पतालमा प्रसूती तथा बालबालिकाको उपचारका लागि छुट्टै ल्याव नमूना संकलनकेन्द्र स्थापना गरी सेवालाई व्यवस्थित गरेको हो । संकलन केन्द्रको सोमबार औपचारिक समुद्घाटन गर्दै अस्पतालका महिला प्रसूती रोग विशेषज्ञ डा. भक्तबत्सल रावतले सेवाग्राहीलाई सहज सेवा र उपचारमा सहयोग पुग्ने अपेक्षा गरे ।

दैनिक २ सय बढी प्रसूती सेवाका लागि आउने गरेको बताउँदै उनले विगतमा एउटै काउन्टर र नमूना संकलन केन्द्र हुँदा हुने भिड व्यवस्थापन हुनुका साथै झन्झट कम हुने विश्वास व्यक्त गरे । घण्टौं लाइनमा बस्नुपर्ने अवस्थाका अन्त्यका लागि विशेषज्ञ सेवा अनुसार फरक–फरक काउन्टर र नमूना संकलन केन्द्र स्थापना गर्ने योजना अनुसार अघि बढ्दै सेवालाई गुणस्तरीय बनाउने योजनामा रहेको उनले बताए ।अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले सेवालाई गुणस्तरीय बनाउनुका साथै अस्पतालको सरसफाई, सेवाग्राही मैत्री परामर्श व्यवस्थित सेवाका लागि आफूहरुले काम गरिरहेको उल्लेख गरे ।

पछिल्लो समय अस्पतालमा सेवाग्राहीको आकर्षण बढ्दै गएको दाबी गर्दै सो अनुसारको भौतिक संरचना नहुँदा केही समस्या भएको गुनासो गरे । सीतिम जनशक्ति र स्रोतसाधनका बाबजुद पनि धेरैभन्दा धेरै र गुणस्तरीय सेवाका लागि प्रयास जारी रहेको उल्लेख गरे । लुम्बिनी प्रादेशिक अस्पताल सबैभन्दा बढी सुत्केरी सेवा दिने सरकारी अस्पतालका रुपमा परिचित छ । यो अस्पतालमा गत वर्ष १२ हजार २ सय ७५ को स्वस्थ सुत्केरी सेवा लिएका थिए । उक्त वर्ष अस्पतालमा ४ हजार ४ सय ८२ गभर्वती अप्रेसनबाट सुत्केरी भएको मेडिकल सुपेरिटेन्डेन डा. थापाले जानकारी दिए ।

अस्पतालमा सुरक्षित र गुणस्तरीय प्रसूती सेवा भएका कारण अन्य अस्पतालमा नियमित फलोअपमा जाने गर्भवती महिलाहरु समेत अन्तिममा लुम्बिनी प्रादेशिकमै आउने गरेको उनी बताउँछन् । सेवाग्राहीको चापा अनुसार प्रयाप्त जनशक्ति, भौतिक संरचना, बेड, आईसियू, सिसियू लगायतका अभावले अपेक्षित सेवा प्रदान गर्न नसकिएको उनले गुनासो गरे । गुरुयोजना अनुसार अस्पतालको बिकास हुन सकेमा मुलुककै नमूना अस्पतालको रुपमा स्थापित गर्न सकिने उनले दाबी गरे ।

अस्पतालका बाल रोग विशेषज्ञ डा. किरणमणि पौडेलले प्रसूती तथा बालबालिकाहरुहरुको ल्याव नमूना संकलन केन्द्रको स्थापनासँगै सेवाग्राहीको सङ्ख्यामा समेत वृद्धि हुने उल्लेख गरे । कार्यक्रम अस्पतालका प्रशासकीय अधिकृत राजन केसीको सञ्चालनमा भएको थियो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार