बुद्ध सामुदायिक टेलिभिजनको वार्षिक साधारणसभा सम्पन्न

बुटवल । बुद्ध सामुदायिक टेलिभिजन समुदायकै लगानीमा सञ्चालित टेलिभिजन भएकाले समुदायमा नै आधारित भएर पत्रकारिता गर्नको लागि एक कार्यक्रममा बोल्ने बक्ताहरुले शुझाँब दिएका छन ।

शान्तिका लागि सञ्चार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको १४ औं वार्षिक साधारणसभामा बोल्ने बक्ताहरुले आर्थिक संकटको अवस्थामा पनि बुद्ध सामुदायिक टेलिभिजनले समुदायसंगै रहेर समाजिक उत्तरदायित्ववोध गरिरहेको बताएका छन ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुद्ध सामुदायिक टेलिभिजन गैरनाफामुलक टेलिभिजन भएकाले समुदायमा नै रहेर पत्रकारिता गर्नको लागि आग्रह गरेका छन । कार्यक्रमको प्रमुख अतिथि समेत रहुन भएको पाण्डेयले मिडिया र मिडियाकर्मीको प्रोत्साहनको लागि उपमहामनगरपालिकाले सहयोग र समन्वयन गर्दै आएको बताए । जनप्रतिनिधिले गरेका कमीकमोजारीलाई मिडियाले आंैल्याउनको लागि आग्रह गर्दै उनले नियोजित,पुर्वाग्राही भन्दा तथ्यमा रहेर खोज पत्रकारिता गर्नको लागि शुझाँब दिए ।

तथ्यमा आधारित रहेर खोज पत्रकारिता गर्ने मिडिया र पत्रकारलाई उपमहानगरपालिकाले प्रोत्साहन गर्ने मेयर पाण्डेयको भनाई छ । बुद्ध सामुदायिक टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले टेलिभिजन देशै भर प्रसारणमा रहेपनि अहिले लुम्बिनी प्रदेशलाई मुख्य कार्य क्षेत्र बनेर अघि बढ्दा प्रदेशकै उत्कृष्ट टेलिभिजनको रुपमा स्थापित गर्न सफल भएको दाबी गरे । कोभिड पछि देखिएको आर्थिक संकटको प्रत्यक्ष प्रभाव सञ्चार क्षेत्रमा पनि देखिएको अवस्थामा टेलिभिजनलाई समुदायसंगै रहेर समाजिक उत्तरदायित्ववोध गरीरहेको जिकिर गरे ।

अध्यक्ष ज्ञवालीले समाचार र सुचनालाई प्राथामिकता दिएर अघि वढेको टेलिभिजनले कार्यक्रममा पनि समावेशि सिद्धान्तहरुलाई आधार मानेर विभिन्न भाषाका कार्यक्रम उत्पादन तथा प्रशारण गरेको साधारण सभामा जानकारी दिए । टेलिभिजनका निर्वतमान अध्यक्ष पृथ बहादुर फौदारले बुटवलको ढवाहमा टेलिभिजनको आफ्नै १ कठ्ठा जग्गा रहेकाले भवन निर्माणमा समितिले ध्यान दिनु पर्नेमा जोड दिए । टेलिभिजनका उपाध्यक्ष गोपाल प्रसाद ज्ञवालीले बुद्ध सामुदायिक टेलिभिजन गैरनाफामुलक संस्था र समुदायकै सम्पत्ती भएको बताउँदै समुदायमै संचार संस्थाको रुपमा विकास गर्नको लािग सबै तयार हुनु पर्नेमा जोड दिए ।

टेलिभिजनमा फुलटाईम र पार्ट टाईम गरी झण्डै ५० जना पत्रकार, कर्मचारी जोडिएको साधारण सभामा उनले जानकारी दिए । टेलिभिजका कोषाध्यक्ष अरुण कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७९–८० मा १ करोड ६ लाख ७८ हजार रुपैँयाको टेलिभिजनले आर्थिक कारोबार गरेकोमा ७१ लाख ५ हजार आम्दानी गर्न सफल भएको बताए । यस्तै कार्यक्रममा टेलिभिजनका सल्लाहकार प्रभुराज ज्ञवाली , बुटवलका पुर्वनगर प्रमुख पुनाराम पोखरेल , सल्लाहकार महेश्वर प्रसाद श्रेष्ठ , पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल , टेलिभिजनका सल्लाहकार रिता सेन, शेयर सदस्य रामबहादुर कार्की र कार्यसमिति सदस्य डोलराज बस्यालले बोलेका थिए ।

यस्तै बन्द सत्रले अध्यक्ष र कोषाध्यक्षको आर्थिक प्रतिवेदन संसोधन सहित पारित गरेको छ । टेलिभिजनको बुटवल १३ ढवाहमा रहेको जग्गाको तत्काल तारजाली लगाएर संरक्षण गर्दै भवन निर्माणको काम अघि बढाउने प्रस्ताव पारित गरेको छ । यस्तै साधारण सभाले सहसचिब जेबि गुरुङलाई विधान अनुसार सचिबमा पदोउन्नती गरेको टेलिभिजनका कार्यकारी प्रमुख विक्रम खड्काले जानकारी दिए ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार