प्राङ्गारिक कृषि मेलाकाे तयारी : बस्तुगत समितिसंग छलफल

बुटवल । बुटवल उद्याेग वाणिज्य संघ रुपन्देहीले सञ्चालनकाे तयारी गरेकाे प्राङ्गारिक कृषि मेलालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा बस्तुगत समितिसंग छलफल गरिएकाे छ ।

संघले यहि फागुन १० देखि १४ गतेसम्म बुटवलकाे प्रदर्शनी स्थल बुटवल मण्डपमा प्राङ्गारिक कृषि मृला सञ्चालनकाे तयारी गरेकाे छ । उक्त कृषि मेलालाई व्यवस्थित बनाउनकाे लागि संघमा गठित बस्तुगत समितिसंग छलफल गरिएकाे संघका महासचिव मुक्तिप्रसाद अधिकारीले बताउनु भयाे । संघमा २८ वटा बस्तुगत समिति गठन भएका छन् ।

बिहिबार आयाेजना गरिएकाे छलफलमा बस्तुगत समितिका सभापतिहरुले मेलालाई व्यवस्थित र प्रभावकारी बनाउनकाे लागि कृषि उत्पादन, बजारीकरण, व्यवसायिक खेती प्रणाली, कृषिमा वैज्ञानिकिकरण, प्रविधि लगायतका कुरालाई विशेष ध्यानदिन सुझाव दिएका थिए । मेलालाई प्रभावकारी र व्यवस्थित बनाउन बस्तुगत समितिकाे पूर्ण सहयाेग रहने पनि प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा बाेल्दै संघका कार्यवाहक अध्यक्ष टंकप्रसाद गैरेले संघले २०६२ सालदेखि निरन्तर रुपमा विशिष्टिकृत कृषि मेला गर्दै आएकाे र केही भएपनि कृषिमा व्यवसायिक विकास भएकाे बताउनु भयाे । उहाँले कृषिकाे व्यवसायिक विकास तथा कृषिमा आधारित ओैद्याेगिक विकास अबकाे आवश्यकता भएकाे बताउँदै कृषिमा व्यवसायिक विकासकाे लागि कृषिमा सम्भावनाकाे विकास, युवा आकर्षण, लगानी आकर्षण, प्रविधिकाे प्रयाेग लगायतका कुरालाई प्रथमिकता दिएर प्राङ्गारिक कृषि मेला आयाेजना गरिएकाे बताउनु भयाे ।

संघका कार्यसमिति सदस्य, बस्तुगत समिति समन्वय उपसमितिका संयाेजक दीप आचार्यकाे सञ्चालनमा भएकाे कार्यक्रममा संघका पदाधिकारी तथा कार्यसािति सदस्यहरुकाे पनि सहभागिता रहेकाे थियाे ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार